News Portal

  • गभर्नर अधिकारीको राजीनामा माग्दै राष्ट्र बैङ्क अगाडि प्रदर्शन

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर,४ साउन २०७९
    ४३६ पटक
    भक्तपुर,४ साउन २०७९

    गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग्दै प्रदर्शन गर्दै आएका नेपाली काँग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी निकट विधार्थीहरूले आज बालुवाटारस्थित राष्ट्र बैङ्क कार्यालय अगाडि कालो ब्यानर टाँगेका छन् ।

    गभर्नरको गलत नीतिका कारण अर्थ व्यवस्था सङ्कटपूर्ण अवस्थामा पुगेको, उनको शैक्षिक योग्यमा प्रश्न उठेको र एम अधिकारीको नाममा नेकपा एमालेको अर्थ विभाग सदस्य बनेको भन्दै काँग्रेस र माओवादी केन्द्रका विधार्थी सङ्गठनहरूले गभर्नर अधिकारीविरुद्ध प्रदर्शन गर्दै आएका छन् । नेपाली काँग्रेसको विधार्थी सङ्गठन नेविसंघ, नेकपा माओवादी केन्द्रको अखिल क्रान्तिकारी र एकीकृत समाजवादीको अनेरास्ववियूले मंगलबार संयुक्त विज्ञप्ति जारी गरी गभर्नर बर्खास्तीको माग गर्दै चरणबद्ध आन्दोलन घोषणा गरेका छन् ।

    साउन ४ गते राष्ट्र बैंकको केन्द्रीय कार्यालय र देशभरिका कार्यालयमा कालो ब्यानर राख्ने, साउन ५ गते प्रज्ञा भवनको डबलीमा कार्टुन प्रदर्शन तथा अन्तर्क्रिया कार्यक्रम गर्ने र साउन ७ गते सांसदहरुलाई गभर्नर बर्खास्तीको आवाज उठाउन दबाब दिने निर्णय उनीहरूले गरेका छन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...