नेकपा माओवादी केन्द्रले मंगलबार संसद बैठक बहिस्कार गरेपछि कर्णाली प्रदेशमा आज सर्वदलीय बैठक गरिएको हो।
सभामुख राजबहादुर शाहीले दिउँसो ३ बजेका लागि सर्वदलीय बैठक बोलाएका प्रदेशसभा सचिव जीवराज बुढाथोकीले जानकारी दिएका छन्। उनका अनुसार बैठक संसद् भवनमा बस्ने जानकारी दिएका छन् ।
सत्ता साझेदार दलले नै संसद बहिस्कार गरेपछि समाधानका लागि सर्वदलीय बैठक बोलाइएको हो। मुख्यमन्त्री जीवनबहादुर शाही आफूहरूले उठाएको विषयमा गम्भीर नभएको भन्दै माओवादी सांसदहरूले प्रदेशसभा बैठक बहिस्कार गरेका थिए।