News Portal

  • माओवादीको अन्तर्घात छानबिन समिति पाँच जिल्लाको स्थलगत अध्ययनमा जाने

    भक्तपुरपोष्ट संवाददाता भक्तपुर, ५ साउन २०७९
    ३४७ पटक
    भक्तपुर, ५ साउन २०७९

    स्थानीय तहको चुनावको ‘अन्तर्घात’ छानबिनका लागि नेकपा माओवादी केन्द्रले बनाएको समिति पाँच जिल्लाको स्थलगत अध्ययनमा जाने भएको छ।

    असार १९ देखि २३ सम्म काठमाडौंमा भएको माओवादी केन्द्रको तेस्रो केन्द्रीय समिति बैठकले स्थानीय चुनावमा भएको अन्तर्घातको छानबिन गर्न अनुशासन आयोगका अध्यक्षसमेत रहेका राईंको नेतृत्वमा नेता खिललाल देवकोटा र पूर्व महान्याधिवक्ता मुक्ति प्रधान रहेको सदस्यीय समिति बनाएको थियो । २७ असारदेखि काम थालेको छानबिन समितिले पार्टी केन्द्रीय कार्यालयमै आइपुगेको सूचनाको विश्लेषणबाट छानबिन सुुरु गरेको थियो ।

    उनका अनुसार प्रदेश १ को उदयपुर र ताप्लेजुङ, मधेशको महोत्तरी र सिरहा, लुम्बिनीको बर्दियामा छानबिन समितिले प्रत्यक्ष सूचना संकलन गर्ने छ । यी जिल्लामा चर्को अन्तर्घात भएको भन्दै माओवादीका केन्द्रीय तहका नेताहरुले नै केन्द्रीय समिति बैठकमा छानबिनको माग गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...