News Portal

  • शहीदलाई जातीयकरण गर्न हुदैँनः केपी ओली

    इभक्तपुर संवाददाताभक्तपुर, ८ साउन २०७९
    ३०३ पटक
    भक्तपुर, ८ साउन २०७९

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शहीदलाई जातीयकरण गर्न नहुने बताएका छन् ।

    पुष्पलाल श्रेष्ठको ४४औं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले जातका आधारमा नभई जो पहिले मारियो उसैलाई पहिलो शहीद मान्नु पर्ने बताएका हुन् । परिवर्तनका लागि बलिदान गर्दा जुनसुकै पार्टीमा भए पनि त्यसपछि राष्ट्रिय शहीद हुने उनको भनाइ छ ।

    साथै अध्यक्ष ओलीले पुष्पलालले नेपाललाई तानाशाहबाट मुक्त बनाएको बताउँदै राजनीतिक चेतनासँगै अन्धविश्वास हटाएको दाबी गरे । पुष्पलालले किंवदन्तीबाट नेपालको वास्तविक देखाएको उल्लेख गर्दै ओलीले अहिले पनि इतिहासलाई कंवदन्तीबाट यथार्थमा ल्याउनु पर्ने बताए ।

    अहिले पनि राजाका वटावटी कथाहरू सुनिने गरेको भन्दै उनले वास्तविकतामा इतिहासलाई फर्काउनु पर्ने बताए ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...