News Portal

  • संघीय शिक्षा ऐन छिट्टै पेश हुने

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर,८  साउन २०७९
    ४३६ पटक
    भक्तपुर,८  साउन २०७९

    संघीय शिक्षा ऐन छिट्टै संसदमा पेश हुने गरी छलफल अघि बढेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलसहित सरोकारवालालाई संघिय शिक्षा ऐनलाई अघि बढाउने सन्दर्भमा छलफल बोलाउने भएका छन्।

    प्रधानमन्त्री देउवा र शिक्षा पौडेलबीच शनिबार बालुवाटारमा संघीय शिक्षा ऐनका सन्दर्भमा छलफल भएको छ। प्रधानमन्त्रीसँगको भेटमा संघीय शिक्षा ऐन, विश्वविद्यालयमा हुने तालाबन्दी, शिक्षक दरबन्दीलगायतको विषयमा गम्भीर छलफल भएको शिक्षामन्त्री पौडेलले जानकारी दिए।

    शिक्षामन्त्री पौडेलले संघिय शिक्षा ऐन अर्थ र कानुन मन्त्रालयमा अल्झेको हुँदा तत्काल अगाडि बढाउन प्रधानमन्त्री देउवालाई अनुरोध गरेका थिए। प्रधानमन्त्री देउवाले संघीय शिक्षा ऐन ल्याउन आवश्यक सहयोग गर्ने र छिट्टै संसदमा टेबल हुने प्रतिबद्धता व्यक्त गरे।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...