नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनभित्र वामपन्थीहरूको चुनावी मोर्चा हुनसक्ने बताएका छन्।
जनकपुर विमानस्थलमा शनिबार पत्रकारहरुसँग कुराकानी गर्दै प्रचण्डले अहिले गठबन्धनभित्र वामपन्थी पृष्ठभूमिका सबैसँग कुराकानी भइरहेको बताए। यी विषयमा छलफल चलिरहेको र अहिले नै निष्कर्षमा नपुगेको उनको भनाइ छ।
प्रचण्डले आफ्नो भारत भ्रमणका क्रममा कुनै पनि सहमति र समझदारी नभएको भन्दै आरजु राणालाई प्रधानमन्त्री बनाउने भन्दै गरिएको प्रचार भ्रामक र आपराधिक भएको जिकिर गरे।