News Portal

  • संविधान अनुकूल नै नागरिकता संशोधन विधेयक ल्याएको होः गृहमन्त्री खाण

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर,९ साउन २०७९
    ४१० पटक
    भक्तपुर,९ साउन २०७९

    गृहमन्त्री बालकृष्ण खाणले नागरिकता विधेयक नागरिकता प्राप्त गर्नका लागि खुकुलो बनाउन नल्याइएको बताएका छन् ।

    आज सोमवार राष्ट्रिय सभामा नागरिकता ऐन संशोधन विधेयकमाथि सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री खाणले यस्तो बताएका हुन् । उनले संविधान अनुकूल नै नागरिकता संशोधन विधेयक ल्याएकोले आशङ्का नगर्न सांसदहरूलाई आग्रह पनि गरे ।

    गृहमन्त्री खाणले नागरिकता ऐन पनि आवश्यकताअनुसार परिष्कृत हुने भन्दै नेपाली नागरिकलाई व्यवस्थित गरेर दिनका लागि संशोधित ऐन ल्याइएको बताए । मन्त्री खाणले झन्डै ६ लाखभन्दा धेरै नागरिकले नागरिकता नलिएका कारण विभिन्न सेवाबाट वञ्चित हुनुपरेको उल्लेख गरेका छन्।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...