News Portal

  • खरानीसमेत आयात हुन्छ भनेको सुन्दा दुःख लागेको छः सभामुख सापकोटा

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, ९ साउन २०७९
    ४१९ पटक
    भक्तपुर, ९ साउन २०७९

    सभामुख अग्निप्रसाद सापकोटाले नेपालमा खरानीसमेत आयात हुन्छ भनेको सुन्दा दुःख लागेको बताएका छन् । आज सोमवार काठमाण्डौमा आयोजित राष्ट्रमा जीपीएस समृद्ध अभियानको शुभारम्भ गर्दै सभामुख सापकोटाले यस्तो बताएका हुन् ।

    पर्याप्त फलफूल, तरकारी, खाद्यान्न उत्पादन गर्ने नेपालजस्तो उर्बर भूमिका दुई खर्ब ५० करोड रुपैयाँको खाद्यवस्तु आयात हुनु दुःखद भएको उनको भनाइ छ । सभामुख सापकोटाले विश्वभर अराजकता र एक प्रकारको अन्तर्विरोध मडारिन थालेको बताए । उनले संसारको ध्यान व्यापार, हतियारको होडबाजी र सैन्य क्षेत्रमा नै केन्द्रित भइरहेको बताए । नेपालमा पनि राष्ट्रिय दृष्टिकोण निर्माण गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो ।

    सभामुख सापकोटाले जलवायु परिवर्तनको शिक्षालाई राम्रोसँग अध्ययन गर्न नसके र यसका असर, प्रभावका बारेमा विश्लेषण गर्ने र बच्नेतिर ध्यान दिन नसके ठूलो दुर्घटना हुने धारणा राखे ।

    प्रतिकृया दिनुहोस्

    आज ५८ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस

    ५८ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस देशभर विभिन्न कार्यक्रम गरी  मनाइदै छ । साक्षर बन्ने र...

    सर्वोच्चको फैसला पुनरावलोकनका लागि पहल गर्न प्रचण्डलाई आफ्नै पार्टीको ६ बुँदे पत्र

    नेकपा (माओवादी केन्द्र) को काठमाडौं उपत्यकाका तीनै वटा जिल्लाले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सर्वोच्च...

    ५८ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस २०८१

    ५८ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस, २०८१ को आदर्श बाक्यको मुख्य साराशं बहुभाषिक शिक्षाको प्रवर्द्धन : पारस्पारिक समझदारी र...

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...