गृहमन्त्री बालकृष्ण खाँणले नेकपा माओवादी केन्द्रका नेता एवं पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गरेका छन् ।भेटमा राष्ट्रिय राजनीति र समसामयिक विषयमा कुराकानी खाँणले बताए ।
गृहमन्त्री खाँड श्रेष्ठलाई भेट्न बुधवार बिहान हात्तीवनस्थित उनको निवासमै पुगेका थिए । भेटमा राष्ट्रिय राजनीति र समसामयिक विषयमा कुराकानी खाँणले बताए । ‘राष्ट्रिय राजनीति र समसामयिक राजनीतिबारे नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठसँग कुराकानी भएको गृहमन्त्री खाँणले बताए ।
राष्ट्रिय सभाका सदस्य श्रेष्ठसँग गृहमन्त्री खाँणले सोही सन्दर्भमा छलफलका लागि भेटेका हुन् । नेता श्रेष्ठले नागरिकता विधेयकको विपक्ष विपक्षमा अभिव्यक्ति दिँदै आएका छन् । राष्ट्रिय सभामा नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक बुधबार नै निर्णयार्थ प्रस्तुत हुँदैछ ।