सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको आजको बैठकबाट कुनै निर्णय नभएको बताइएको छ । बिहान कोटेश्वर, पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बसेको थियो ।
बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समसामयिक राजनीतिक विषयमा आफ्ना भनाइ राखेका थिए । बैठकमा पदाधिकारी चयन, स्थायी कमिटीलाई पूर्णता दिनेलगायत विषयमा छलफल भए पनि कुनै निर्णय नभएको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए ।
उनका अनुसार अर्को बैठक यही साउन १५ गते बस्ने तय गरिएको छ ।