News Portal

  • माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

    भक्तपुरपोष्ट संवाददाता भक्तपुर,१५ साउन २०७९
    ३६७ पटक
    भक्तपुर,१५ साउन २०७९

    नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ। स्थायी कमिटीकै पूर्णता, पोलिटब्युरो चयन तथा पदाधिकारी चयनलगायत विषयमा छलफल गर्न बैठक बस्न लागेको नेता हरिबोल गजुरेलले जानकारी दिए। बैठक दिउँसो ३ बजे पेरिसडाँडामा बस्ने तय भएको छ । माओवादीले अहिलेसम्म स्थायी कमिटीलाई पनि पूर्णता दिन सकेको छैन्। ४१ सदस्यीय हुनुपर्नेमा हाल जम्मा २५ जना मात्रै चयन भएका छन्। स्थायी कमिटीलाई पूर्णता दिएर आजै पोलिटब्युरो चयन हुने बताइएको छ।

    यसअघि बसेको केन्द्रिय समिती बैठकमा अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको पोलिटब्युरोको नामावलीमा विवाद भएपछि थाँती राखिएको थियो ।महाधिवेशनपछि बसेको पटकपटकको केन्द्रिय समिति बैठकले जिम्मेवारी बाँडफाँड टुंग्याउन नसक्दा नेतृत्वलाई दबाब बढेको छ।

    नेता हरिबोल गजुरेलले स्थायी र पोलिटब्युरोलाई पूर्णता दिएर मात्रै पदाधिकारीको विषयले प्रवेश पाउने बताए । स्थायी समितिमा थप्न बाँकीमा महिलालाई प्रथामिकता दिइने उनको भनाइ छ।

    माओवादीले आज जनार्दन शर्मालाई फेरि अर्थमन्त्रीको जिम्मेवारीमा फर्काउने निर्णय गर्दैछ। बजेट निमार्णका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको भन्ने आरोप पुष्टि नभएपछि अर्थमन्त्रीबाट राजीनामा दिएका शर्मालाई नै माओवादी केन्द्रले फेरि जिम्मेवारीमा पठाउने तयारी गरेको हो।

    स्थायी कमिटी बैठकले शर्मालाई पुनःजिम्मेवारीमा फर्काउन सिफारिस गर्ने नेता गजुरेलले बताए।

    प्रतिकृया दिनुहोस्

    रास्वपा सभापति रवि ८४ दिनपछि रिहा

    पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ६५ लाख...

    पत्रकारद्वय दाहाल र पोखरेल पुरस्कृत

    पत्रकारद्वय नवराज दाहाल र जनार्दन पोखरेल पुरस्कृत भएका छन् । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय...

    जिल्ला बाहिर बसाइसराई गर्न नपाउने कानुनी व्यवस्था गर्नुपर्नेमा सांसद सुवालको जोड

    भक्तपुर-१ का प्रतिनिधि सभा सदस्य प्रेम सुवालले जिल्ला बाहिर बसाइसराई गर्न नपाउने कानुनी व्यवस्था गर्नुपर्ने...

    निर्वाचनको विषय बिर्सिन सांसद थापाको सुझाव, पत्रकारको भवन बनाउन ५० हजार दिने उद्घोष

    भक्तपुर-२ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले नेपाल पत्रकार महासंघ भक्तपुर शाखाको भवन निर्माणमा आर्थिक...

    यस्तो होस् नयाँ शिक्षा विधेयक

    satya ram education bill in nepal

    देश नयाँ शिक्षा विधेयक निर्माणको संघारमा छ । शिक्षा विधेयकले देशको भविष्यलाई निर्धारण गर्दछ ।...