News Portal

  • नेकपा महासचिव विप्लव विरुद्ध पक्राउ पुर्जी जारी

    भक्तपुरपोष्ट संवाददाता भक्तपुर,१६ साउन २०७९
    ७४ पटक
    भक्तपुर,१६ साउन २०७९

    ललितपुर जिल्ला अदालतले नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव)विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । अदालतले विप्लवविरुद्ध ३५ दिने पक्राउ पुर्जी जारी गरेको सूचना आज सार्वजनिक गरेको छ।

    हातहतियार तथा खरखजाना, विष्फोटक पदार्थ विष्फोटन गराई कर्तव्य ज्यान र राज्यविरुद्धको अपराध गरेको आरोपमा पक्राउ पुर्जी जारी गरिएको सूचनामा उल्लेख छ ।

    सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र अदालतमा उपस्थित हुन भनिएको छ । अन्यथा मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६५ बमोजिम हुने चेतावनी पनि दिइएको छ ।

    प्रतिकृया दिनुहोस्

    निर्वाचन सम्बन्धी कानुन संशोधन गर्न सरकार तयार छः कानुनमन्त्री शर्मा

    कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा काइरालाले निर्वाचन सम्बन्धी कानुनलाई संशोधन गर्न सरकार...

    चीन आक्रमणको अन्तिम तयारीमा छः ताइवान

    चीन आक्रमणको अन्तिम तयारीमा रहेको ताइवानका विदेशमन्त्री जोसेफ वुले बताएका छन्। सीमा क्षेत्रमा चीनले गरेको...

    देशभरका नासुले आज आन्दोलन गर्ने

    तलब फरक भएको भन्दै देशभरका नायब सुब्बा(नासु)ले आज मंगलबार आन्दोलन गर्ने भएका छन्। सरकारले असमान...

    मोरङमा ट्रक कन्टेनरभित्र पुरुषको शव भेटियो

    मोरङमा ट्रक कन्टेनरभित्र एक पुरुषको शव भेटिएको छ ।सुन्दरहरैँचा नगरपालिकास्थित सलकपुरमा ना ३ ख ४७४३...

    एमाले संघीय निर्वाचनका लागि दल दर्ता गर्ने

    नेकपा एमाले आगामी मंसिरमा तय भएको संघीय निर्वाचनका लागि आज मंगलबार दल दर्ता गराउने भएको...