News Portal

  • लोसपालाई पनि सरकारमा सहभागी गराउने देउवाको तयारी

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर,१७ साउन २०७९
    ३९९ पटक
    भक्तपुर,१७ साउन २०७९

    प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई पनि सरकारमा सहभागी गराउने तयारी गरेका छन् ।

    सरकारले संसदबाट नागरिकता ऐन पारित गराएपछि लोसपा सरकारमा जान सकारात्मक भएको हो । लोसपा अध्यक्ष महन्थ ठाकुर निकट एक नेताका अनुसार सरकारमा सहभागी हुने सैद्धान्तिक सहमति बनेको छ । लोसपाले सरकारमा जानका लागि नागरिकता विधेयक पारित, कार्यकर्तालाई लगाइएको झुटा मुद्धा फिर्ता लगायतको शर्त राखेको थियो । लोसपाले सरकारमा सहभागी हुनका लागि कम्तीमा दुई मन्त्रालयको माग गरेको छ । थप एक राज्यमन्त्री पनि लोसपाको माग छ ।

    प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्का सदस्यहरुको जिम्मेवारी हेरफेर गर्ने जानकारी पनि आफ्नो पार्टीलाई दिएको उनले बताए । प्रधानमन्त्री देउवाले सक्रियता जति छिटो देखाउन सके त्यति नै छिटो लोसपा सरकारमा सहभागी हुने लोसपाका नेताहरुको भनाइ छ ।

     

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...