प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदले एक चीन नीतिमा उभिन सरकारलाई अनुरोध गरेका छन् ।
आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद प्रदीप ज्ञवालीले चीन र ताइनवानबीचको तनावमा हस्तक्षेप गर्न नहुने बताएका छन् । उनले नेपाल एक चीन छिमेकी नीतिमा उभिनुपर्नेमा जोड दिएका छन् ।
उनले तिब्बत, हङकङ र ताइवान समेत चीनको अङ्ग भएको नेपालले स्वीकार गर्नुपर्ने बताए ।