राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आफूहरुले कहिल्यै देशको ढुकुटीमा कहिल्यै र्याल नचुहाउने प्रतिवद्धता व्यक्त गरेका छन्।
पार्टीको काभ्रे जिल्ला भेलालाई सोमबार सम्बोधन गर्दै लामिछानेले अहिले चुनाव घोषणा भएपछि सांसदहरुले सेवा सुविधा लिने तर्फ संकेत गर्दै यस्तो बताएका हुन्। उनले राजनीतिक दलका शीर्ष नेतालाई चुनाव छाडेर आराम गर्न आग्रह गरे। उनले दलका शीर्ष नेताहरुसँग अरु काम गरेर खाने सीप नभएका कारण राजनीतिबाट बाहिरिन नचाहेको तर्क गरे।
उनले युवाहरुलाई सहजै नेतृत्व सुम्पिए देशका २५ प्रमुख नेताहरुको स(सम्मान सालिक बनाउने पनि लामिछानेले बताए।