News Portal

  • मृत्युको सास्वत सत्यलाई स्वीकार गरि बाच्न प्रेरित गर्ने सापारु अर्थात् गाईजात्रा सम्पन्न

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २७ साउन २०७९
    ७३९ पटक
    भक्तपुर, २७ साउन २०७९

    नेपालभाषामा ‘सा’ भन्नाले ‘गाई’ र ‘पारु’ भन्नाले ‘प्रतिपदा’ भन्ने बुझिन्छ । शुक्ल प्रतिपदामा गाई निकाल्ने पर्व नै सापारु अर्थात गाईजात्रा हो ।

    यस दिन उपत्यकामा वर्षभरि दिवङ्गत भएका आफन्तहरुको सम्झनामा गाई सहित जात्रा निकालिन्छ । आज शुक्रबार गाईजात्रा पर्व उपत्यका र देशभर नेवार बाहुल्य क्षेत्रमा विशेष उत्सवका साथ् मनाइएको छ ।

    मृतकको सम्झनामा ठट्टा र रमाइलो गर्दै गरिने गाईजात्राले मृत्युको सास्वत सत्यलाई स्वीकार गरि बाच्न प्रेरित गर्दछ ।

    मल्ल कालका राजा प्रताप मल्लले पुत्रशोक परेर विहृवल भएकी आफ्नी रानीलाई दुनियाले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन जनतालाई आ-आफ्नो मरेका व्यक्तिका नाममा सापारु निकाली सहर परिक्रमा गराउन आदेश दिएको र यतिले पनि रानीको मन शान्त हुन नसकेकापछि विभिन्न प्रकारका प्रहसन तथा व्यङग्यात्मक कार्यक्रम पनि गराउने आदेश दिएअनुरूप गाइजात्राको प्रचलन चलेको जनविश्वास रहेको छ ।

    भक्तपुरमा पनि यस दिन थुप्रै रौनकका साथ गाइजात्रा पर्व मनाइने परम्परा रहिआएको छ । यहाँबाट लगिने गाई अर्थात् साः लाई भक्तपुर नगरभरि घुमाइएको छ । साथै त्यसको अगाडि बालबच्चादेखि बूढाबूढीहरु कोही धूप बालेर आइरहेको हुन्छन् त कोही दुई ओटा लठ्ठी जुदाउँदै घिन्ताङ्गघिसीं ट्वाक्क गर्दै खेल्दै गरेको दृश्य देखियो । यो हेर्न मानिसहरुको भीड लागेको थियो । त्यतिमात्र होइन बिदेशी पर्यटक समेत गाइजात्राको रमाइलो हेरेर आनन्द लिइरहेका देखिन्थे ।

    भक्तपुरमा सापारुका दिन एक वर्षभित्र मृत्यु भएकामध्ये उमेर नपुगेका बालबालिकाहरूको साँचा अर्थात डोकोलाई गाईको रूपमा सिंगारेर नगर परिक्रममा गरिएको थियो भने उमेर पुगेका व्यक्तिहरूको ताहामच्चा अर्थात चार वटा बाँस प्रयोग गरी गाईको प्रतिक बनाइ नगर परिक्रमा गरिएको थियो ।

    ताहामच्चालाई मृतकका घरको मुल ठोका अगाडि पुरोहितले क्रियापुत्रीद्वारा विधि बमोजिम पूजा गराइ नगर परिक्रमा गर्ने गरिन्छ । ताहामचा र साँचा बनाउने यस पर्वको एउटा विषेशता हो भने घिन्ताङघिसि र माकः प्याखङ सापारुको प्रमुख आकर्षण रहेको छ ।

    विभिन्न साँस्कृतिक बाजा खिङ, धिमे, तं, भुस्याः बाजाका साथ ताहामच्चासगै घिन्ताङ्गघिसी नाच प्रदर्शन गरिन्छ । दुई जोडीले बाजाको तालमा लठ्ठी ठोक्काउने नाचलाई घिन्ताङघिसि भनिन्छ भने एक जनाले दुई वटा लठ्ठी जुधाई नाच्नेलाई बाँदर नाच भनिन्छ ।

    भक्तपुरमा सापारुको दिन र त्यस पछिको सात दिनसम्म पनि विभिन्न नाच, व्यङगात्मक नाटक, साँस्कृतीक कार्यक्रमहरू प्रर्दशन गर्ने प्रचलन छ । । तलेजु भवानीको तहामच्चाको नगर परिक्रमाबाट सापारु शुरु हुने र बेलुकापख भैरव र भद्रकालीको तहामच्चा ल्याएपछि समाप्त हुने गर्दछ ।

    भक्तपुर जिल्लाकै मध्यपुर थिमीमा भने सापारु राँको बालेर मनाइने चलन छ ।

    प्रतिकृया दिनुहोस्

    बेहुली झैं बन्यो ताथली : भक्तजन संगै तानिए टिकटकर

    भक्तपुरको चाँगुनारायण ९ ताथलीमा शुक्रवारबाट सुरु हुने श्रीमदभागवत विराट पितृ मुक्ति ज्ञान महायज्ञको तयारी सम्पन्न...

    Municipality welcomes the first group to enter Bhaktapur city

    bhaktapur welcomes

    On the occasion of World Tourism Day, the first group to enter Bhaktapur has been...

    सहकारी मार्फत कारखाना खोल्नु आवश्यक : बिजुक्छेँ

    narayanman bijukchhen

    नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले भक्तपुरको अशक्त र असहाय नागरिकहरुलाई अब...

    भक्तपुरमा डाक्टरहरुको बिरोध प्रदर्शन

    देशका बिभिन्न भागमा चिकित्सकमाथि हातपातको बिरोधमा भक्तपुरका डाक्टरहरुले बिरोध प्रदर्शन गरेका छन् । आकस्मिक बाहेकका...

    नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा सिटी स्क्यान सेवा शुरु

    city scan thimi

    मध्यपुर थिमिको नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा सिटी स्क्यान सेवा शुरु भएको छ । मंगलवारबाट...