News Portal

  • प्रचण्ड र बाबुराम आज निर्वाचन आयोग जाँदै

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर,३१ साउन २०७९
    ३४१ पटक
    भक्तपुर,३१ साउन २०७९

    नेकपा माओवादी केन्द्र र बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी नेसपाले आज संयुक्त रुपमा निर्वाचन आयोगमा निवेदन दिँदैछन् । दिउँसो १ बजे दुवै दलका प्रतिनिधि निर्वाचन आयोगमा पुगेर निवेदन दिने कार्यक्रम रहेको नेसपा प्रवक्ता विश्वदीप पाण्डेले जानकारी दिए।

    आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा एउटै चिह्नबाट चुनाव लड्न माओवादी र नेसपाबीच साझा चिह्न, घोषणापत्र र बन्दसूची बनाएर चुनावमा भाग लिने सहमति भइसकेको छ।​ नेसपाले पनि माओवादीकै हँसिया हथौडा चिह्नमा चुनाव लड्दैछ। दुबै पार्टीको केन्द्रीय समितिको निर्णयसहित निर्वाचन आयोग पुगेर अनुसूची १३ बमोजिम निवेदन दिने तयारी छ।

    निवेदन दिने र संयुक्त रुपमा चुनाव लड्ने विषयको अन्तिम निर्णय गर्न माओवादी केन्द्रको स्थायी कमिटीको बैठक जारी छ। माओवादी केन्द्रसँग भएको सहमति जानकारी गराउन नेसपाले बहुमत केन्द्रीय सदस्यको हस्ताक्षर नै आयोगमा बुझाउने तयारी गरेको छ। माओवादीले निर्वाचन प्रयोजनका लागि आइतबार नै दल दर्ता गरेको छ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...