आगामी मंसिरमा हुने संघ र प्रदेशको चुनावमा एउटै चुनाव चिह्न प्रयोग गर्न नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीले निर्वाचन आयोगमा निवेदन दिएका छन् ।
उक्त निवेदनसँगै बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले माओवादी केन्द्रको चुनाव चिह्न हसिया हतौडा प्रयोग गर्ने बाटो खुलेको छ।
माओवादी केन्द्रीय कार्यालयबाट शिव खकुरेल र नेपाल समाजवादीका कार्यालय मुख्य सचिव खगेन्द्र देवकोटाले मंगलबार दिउँसो निर्वाचन आयोगमा गएर एउटै चिह्न प्रयोग गर्ने सम्बन्धी निवेदन दिएका हुन् ।