सिंहदरबारभित्र आजबाट ग्यास सिलिण्डर लैजान रोक लगाइएको छ । खाना पकाउन बिजुलीको प्रयोगलाई प्रोत्साहन गर्ने सरकारी नीति अनुसार आजबाट सिंहदरबारभित्र ग्यास सिलिण्डर लैजान रोक लगाइएको हो ।
सिंहदरबारको गेटमा खटिएका एकजना सुरक्षाकर्मीहरुले ग्यास सिलिण्डर भित्रै लैजान नदिन आफूहरुलाई आदेश आएको बताए । आर्थिक वर्ष २०७९र८० को बजेटमार्फत् सरकारले बिजुली प्रयोगलाई प्रोत्साहन गर्ने र त्यसको सुरुवात सिंहदरबारभित्रबाट गर्ने जनाएको थियो ।
सिंहदरबारमा मन्त्रालय तथा निकायहरुका क्यान्टिनमा ग्यास सिलिण्डरको प्रयोग हुँदै आएको छ । अब त्यहाँ विद्युतीय चुलो प्रयोग हुने छ ।