News Portal

  • गठबन्धनले मुलुकलाई सही बाटोमा लैजान्छः मन्त्री चौधरी

    भक्तपुरपोष्ट संवाददाता भक्तपुर,१ भदौ २०७९
    ३७२ पटक
    भक्तपुर,१ भदौ २०७९

    सहरी विकास मन्त्री मेटमणी चौधरीले पाँच दलीय गठबन्धनले मुलुकलाई सही बाटोमा लैजाने दाबी गरेका छन् । उनले अहिलेको सरकारले महङ्गी, भ्रष्ट्राचार लगायत अनियमितता नगरेको दाबी गर्दै विगतका वर्षका सरकार सही ढंगले नचल्दा नै अहिलेको अवस्था सिर्जना भएको बताए ।

    एकीकृत सरकारी भवनको उद्घाटनका लागि पाल्पा आएका मन्त्री चौधरीसँग नेपाल पत्रकार महासंघ पाल्पा शाखाले बुधबार तानसेन आयोजना गरेको भेटमा भने, ‘अहिले पनि राजनीतिक संस्कृति मैले एक्लै गरेको मात्र होइन, धाक रवाफ देखाउने प्रवृत्तिले पनि समस्या उत्पन्न भएको हो ।’ उनले निर्वाचनपछि पनि पाँच दलीय गठबन्धन आवश्यक रहेको बताएका छन् ।

    मंसिर ४ गतेको निर्वाचनपछि पनि नेतृत्व दिन सक्ने भन्दै उनले जनताको माग सम्बोधन गर्ने र लोकतन्त्रलाई दिगो बनाउन गठबन्धन आवश्यक रहेको बताए । गलत शासक र नेतृत्वका कारण विगतमा दुःख पाएको भन्दै उनले अब दुःख नपाउने गरी पाँच दलीय गठबन्धन अघि बढेको बताए । मन्त्री चौधरीले भ्रष्ट्रचार, महङ्गीका विषयमा सरकार संवेदनशील रहेकाले पेट्रोलियम पदार्थको मूल्य समायोजनका लागि आगामी मन्त्रिपरिषद्‍ बैठकमा छलफल हुने जानकारी दिएका छन् ।

    एमालेले पनि अन्य दलसँग गठबन्धन गर्न खोजेको र पाँच दलमा थप केही दलले सँगै निर्वाचन लड्न चाहेको मन्त्री चौधरीले बताए ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...