News Portal

  • कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु

    भक्तपुरपोष्ट संवाददाता भक्तपुर,२ भदौ २०७९
    ३२३ पटक
    भक्तपुर,२ भदौ २०७९

    प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ । सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा संघीय संसद भवन नयाँ बानेश्वरमा कार्याब्यवस्था परामर्श समितिको बैठक सुरु भएको हो ।

    राष्टपति विधादेवी भण्डारीले संसदका दुवै सदनले पारित गरेर पठाएको नागरिकता संशोधन विधेयक २०७९ लाई पूर्नबिचार गर्न भन्दै १५ बुँदे सन्देश सहित प्रतिनिधीसभामै फिर्ता पठाएपछि सत्तापक्षले यो विधेयकलाई फेरि जस्ताको तस्तै पारित गरेर राष्टपति कार्यालयमा पठाउने तयारी गरेको छ । त्यसका लागि सत्ता पक्षले आजै विधेयक जसरी पनि पारित गर्ने गरी तयारी गरेपछि सभामुखले कार्यब्यवस्था परामर्श समितिको बैठकमा बोलाएका हुन् ।

    प्रमुख प्रतिपक्षी दल एमालेले भने, राष्टपतिले पठाएको सुझाव सम्मलाई आधार मानेर समितिमा लगेर छलफल गरेर मात्र विधेयकका बारेमा निर्णय लिनुपर्ने मत राखिरहेको छ । जर्वजस्ती विधेयक पारित गर्ने बाटो नलिन सत्तापक्षलाई प्रतिपक्षले आग्रह गरिरहेको छ । संसदको आजको कार्यसूचीमा विधेयक पारित गर्ने गरी तयारीमा राखिएको छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...