News Portal

  • गठबन्धनबारे तत्काल निर्णय लिईदिन प्रधानमन्त्रीलाई लोसपाको आग्रह

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर,३ भदौ २०७९
    ४७१ पटक
    भक्तपुर,३ भदौ २०७९

    महन्थ ठाकुर नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले प्रधानमन्त्री शेरवहादुर देउवालाई गठबन्धनमा आफुहरुको सहभागिताका विषयमा निर्णय तत्काल लिईदिन आग्रह गरेको छ ।

    बिहिबार बिहान प्रधानमन्त्री शेरवहादुर देउवालाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोले शुक्रवार साँझसम्ममा आफुहरुलाई सत्ता गठबन्धनले समेटने नसमेटने बारेमा ठोस निर्णय दिन अल्टिमेटम दिएको लोसपाका एक नेताले बताए ।

    लोसपा सत्ता गठबन्धनसँगै टाँस्सिएर आगामी निर्वाचनमा सहभागी हुन चाहेको छ । गत स्थानीय तह निर्वाचन पछि एमाले अध्यक्ष केपी ओलीले लोसपालाई आफु नेतृत्वमा बन्ने सत्तागठबन्धन विरुद्धको मोर्चामा सामेल गराउन छलफल चलाएपनि लोसपाले भने सत्ता गठबन्धनतिरै झुकाव देखाएका थिए ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...