कीर्तिपुर नगरपालिकाले पनि अवैध अर्थात नक्सा पास विना बनाएका संरचना हटाउन सुरु गरेको छ। केही दिन अगाडिदेखि काठमाडौ महानगरपालिकाले सुरु गरेको सो अभियान कीर्तिपुर नगरपालिकाले पनि सञ्चालनमा ल्याएको हो।
नगरपालिका भित्र नक्सापास विना बनाएको संरचना हटाउन डोजर चलाउनु परेको कीर्तिपुर नगरपालिकाले जनाएको छ। कीर्तिपुर नगरपालिका वडा नम्बर १० को नयाँ बजारमा नक्सापास विना बनाएको संरचना हटाउन डोजर चलाएको कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीले जानकारी दिए।
नक्सापास विना बनाएको संरचना हटाउने अभियान बिहीबारबाट सुरु भएको उनको भनाइ छ।