नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिट बाँडफाँटका लागि सत्ता गठबन्धन सहमति हुने बताएका छन् । उनले निर्वाचनमा जित्ने आधार पत्ता लगाएर दलहरू भोलि शनिबारको बैठकमा प्रस्तुत हुने बताए ।
उनले कर्णालीको सिट बाँडफाँटमा फुकेर कदम चाल्ने बताए । आगामी मंसिर ४ गते हुने संघ र प्रदेशसभा निर्वाचनका लागि सत्ता गठबन्धन दलका शीर्ष नेताबीच छलफल जारी रहेको छ ।