राष्ट्रिय प्रजातान्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावमा जिल्लास्तरमा नेकपा एमालेसँग सहकार्य हुनसक्ने बताएका छन् ।
राप्रपा बाँकेले सोमवार नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष लिङ्देनले आवश्यकताका आधारमा जिल्ला तहमा सहकार्य हुन सक्ने बताए । तर कुनै पनि पार्टीसँग देशव्यापी गठबन्धन नहुने स्पष्ट पारे ।
नेकपा एमालेसँग जिल्लास्तरमा सकारात्मक छलफल अघि बढेको भन्दै अहिलेसम्म निष्कर्ष भने नआएको उनको भनाइ छ । अघिल्लो चुनावमा जस्तो केही सिटमा उम्मेदवारी दिने र धेरैजसो क्षेत्रमा खाली हुने अवस्था आउन नदिने अध्यक्ष लिङ्देनले बताए ।