News Portal

  • प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुन सकेमात्रै भ्रष्टाचार रोकिन्छः प्रचण्ड

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर,२१ भदौ २०७९
    ३२१ पटक
    भक्तपुर,२१ भदौ २०७९

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुन सकेमात्रै भ्रष्टाचारलाई रोकेर स्थायित्व र विकासलाई गति दिन सकिने दाबी गरेका छ । मङ्गलवार धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

    अध्यक्ष दाहालले निर्वाचन प्रणाली र शासकीय प्रणाली नागरिक र देशको आवश्यकताको अनुकूल नरहेको भन्दै यही प्रणालीबाट सांसद हुने र बहुमतले प्रधानमन्त्री हुने प्रणालीका कारणले भ्रष्टाचार धेरै मौलाएको उल्लेख गरे । उनले निर्वाचन र शासन प्रणालीमा सुधार हुन आवश्यक रहेको बताउँदै यो निर्वाचन प्रणालीले देशलाई धेरै अघि जान नदिने जिकिर पनि गरेका छन् ।

    यस्तै कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले संसद्को आयु लम्ब्याउनेतर्फ जान नहुने उनको तर्क थियो । संसद्को आयु लम्ब्याउने कुरा आजै संसदबाट फिर्ता हुने उनले बताए । प्रमुख सचेतकहरूले केही प्राविधिक समस्याका कारण यस्तो सोचेको भए पनि संसद्को आयु लम्ब्याउने दिशामा गठबन्धन नरहेको स्पष्ट पारे ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...