नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालको पार्टी नेकपा एकीकृत समाजवादीले आगामी मंसिरको चुनावमा थ्रेस होल्ड नै पार गर्न नसक्ने दाबी गरेका छन्।
पोखरामा आयोजित पार्टी प्रशिक्षण कार्यक्रममा बोल्दै ओलीले ३ प्रतिशत मत ल्याएर समाजवादी पार्टी राष्ट्रिय पार्टी नै बन्न नसक्ने बताएका हुन्। उनले नेकपा माओवादी केन्द्रले भने यस पटकलाई जेनतेन थ्रेस होल्ड पारित गरेर राष्ट्रिय पार्टीको इज्जत जोगाउने बताए। आम मतदाताले माधव नेपाललाई भोट दिनुपर्ने कुनै कारण नरहेको ओलीको जिकिर छ।
२०७३ सालमा माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतमले प्रचण्डलाई उकासेर आफू नेतृत्वको सरकार ढालेको आरोप ओलीले लगाए।