News Portal

  • जनता अहिले पनि माओवादी कै हातमा देशको चाबी दिन चाहन्छन्ः प्रचण्ड

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर,३० भदौ २०७९
    ३४४ पटक
    भक्तपुर,३० भदौ २०७९

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आउँदो निर्वाचनमा माओवादी देशकै पहिलो कम्युनिष्ट पार्टी बन्न सक्ने मजबुत आधार रहेको बताएका छन् ।

    दिवंगत नेता पोष्टबहादुर बोगटीको ८ औं स्मृति दिवस समारोहलाई विहीबार बिहान पार्टी मुख्यालय पेरिसडाँडामा सम्बोधन गर्दै उनले अहिले पनि जनताले देशको चाबी माओवादीलाई सुम्पन चाहेको बताए । स्थानीय निर्वाचनको सन्देश के हो भने जनता अहिले पनि माओवादी पार्टीकै हातमा देशको चाबी दिन चाहेको र यसका लागि माओवादीबीच आन्तरिक एकता आवश्यक रहेकोे उनले बताए ।

    गत स्थानीय निर्वाचनमा राम्रो व्यवस्थापन गर्न सकेको भए माओवादी देशको पहिलो कम्युनिष्ट पार्टी बनिसकेको हुने उनले बताए । चुनावमा राम्रो व्यवस्थापन गर्न नसक्दा नसक्दै पनि स्थानीय चुनावमा माओवादीलाई जनताले चाबी बुझाएको उनको तर्क थियो ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...