प्रतिनिधिसभाअन्तर्गतको महाअभियोग सिफारिस समितिको बैठक आज पनि बस्दै छ । दिउँसो १ बजे सिंहदरबारमा बैठक सुरु हुने समितिका एक सदस्यले जानकारी दिए । उनका अनुसार आज बिहान साढे ८ बजेका लागि तय गरिएको बैठक दिउँसो बस्ने गरी सारिएको हो ।
समितिको बुधबारको बैठकबाट जबराले नाम मुछेका बहालवाला न्यायाधीश, पूर्वप्रधानन्यायाधीश र पूर्वन्यायाधीशहरूलाई छलफलका लागि बोलाउने निर्णय गरिएको थियो । तर, न्यायाधीशहरूले आफूहरू समितिको बैठकमा उपस्थित नहुने निर्णय गरेका थिए । सोही कारण बिहानका लागि निर्धारित बैठक दिउँसो बस्ने गरी सारिएको हो ।