प्रतिनिधिसभाको आजका लागि निर्धारित बैठक स्थगित गरिएको छ । बैठक बस्दै नबसी स्थगित गरिएको हो ।
बिहीबार दिउँसो १ बजे बस्ने गरी निर्धारित बैठक विशेष कारणवश बस्न नसक्ने भएको प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले जानकारी दिए ।
उनका अनुसार प्रतिनिधिसभा बैठक अब शुक्रबार बिहान ११ बजे बस्ने गरी निर्धारण गरिएको छ ।