नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ४ मंसिरको निर्वाचनका लागि निर्वाचन आयोगले स्वतन्त्र र निष्पक्ष भूमिका खेल्नुपर्ने बताएका छन् । शनिबार प्रतिनिधिसभाको बैठकमा आफ्नो धारणा राख्दै उनले निर्वाचन आयोग सरकारका अगाडि लतारिन नहुने बताए ।
उनले निर्वाचन आयोगको काममा हस्तक्षेप नगर्न सरकारलाई पनि आग्रह गरे । यसअघि स्थानीय तह निर्वाचनमा सरकारले शक्तिको दुरुपयोग गरेको ओलीले आरोप लगाए ।उनले भने, ‘गएको स्थानीय तह निर्वाचनमा सत्तापक्षीय भूमिका, सत्ताको दुरुपयोग, अनेक प्रकारले सत्ताको दुरुपयोग जस्ता कुराहरु नराम्ररी प्रकट भए, प्रहरी प्रशासन, राज्य संयन्त्रको विभिन्न ढंगले दुरुपयोग गर्ने काम भए’ ।