भक्तपुर,१ असोज २०७९नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग अहिले पनि अहंकार नघटेको टिप्पणी गरेका छन्। प्रतिनिधिसभाको अन्तिम बैठकमा शनिबार बोल्दै प्रचण्डले संसद विघटनप्रति आत्मालोचना गर्नुको साटो ओलीमा अझै उही अहंकारमा रहेको आरोप लगाएका हुन्।
‘प्रचण्डले उनले मंसिर ४ को नतिजा आफूहरु पनि पर्खिरहेको बताए।
‘मैले दुई–दुईपटक संसद विघटन गरेर बेकार स्थायित्व र विकासलाई अवरोध गरेछु भन्नुहोला, राम्रो वातावरण बन्ला भनेको त अझै उही अहंकार । ठीकै छ ४ गते हेर्ने, तपाइँ पनि हेर्नुहुन्छ हामी पनि हेर्छौं ४ गते।’ओलीप्रति कटाक्ष गर्दै प्रचण्डले भने,‘जनताको फैसला हामी सबैले स्वीकार्छौं भनेका छौं। थाहा भइहाल्छ।’