News Portal

  • निर्वाचनबाट कांग्रेसले नै म्यान्डेट पाउने छः प्रकाशमान सिंह

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर,२ असोज २०७९
    ३५८ पटक
    भक्तपुर,२ असोज २०७९

    नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधानको कार्यान्वयनका लागि निर्वाचनबाट कांग्रेसले नै म्यान्डेट पाउने बताएका छन्। लौहपुरुष गणेशमान सिंहको २५औँ स्मृति दिवसको अवसरमा आज आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

    संसद् विघटन गर्नेलाई नभई जनताले कांग्रेसलाई म्यान्डेट दिने उनको भनाइ छ । संविधानको सफल कार्यान्वयनका लागि मंसिर ४ को निर्वाचनमा कांग्रेस नेतृत्वको गठबन्धनको जित आवश्यक भएको बताए। स्थानीय तहलाई बलियो बनाएर शिक्षा,स्वास्थ्य, रोजगारीको विषयमा जनतालाई अनुभूत हुनेगरी काम गर्नुपर्नेमा सिंहले जोड दिए।

    सत्ता गठबन्धनमा अहिले सिट बाँडफाँटका बारेमा छलफल भइरहेकाले छिट्टै निकास निस्कने बताए। उगणेशमान सिंहले देखाएको बाटो हिँड्न सके मात्र लोकतन्त्र बलियो हुने उनले दाबी गरे।

     

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...