राप्रपा नेपालका अध्यक्ष कमल थापाले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको निर्णय स्वाभाविक भएको टिप्पणी गरेका छन् । बुधबार बिहान सामाजिक सञ्जालमार्फत उनले राष्ट्रपति भण्डारीको यो निर्णयको इतिहासले सदैव प्रशंसा गर्ने उल्लेख गरेका छन् । राष्ट्रपतिको निर्णय राष्ट्रहितअनुकूल रहेको उनको भनाइ छ ।
राष्ट्रपतिबाट संविधान संरक्षकको जिम्मेवारी निर्वाह भएको थापाले बताएका छन् । राजनीतिक रूपमा भने राष्ट्रपतिको निर्णय विवादमा पर्न सक्ने उनको टिप्पणी छ ।