नेकपा एमालेका महासचिव शंकर पोखरेलले नागरिकताको विषयलाई एमालेविरुद्धको हतियार बनाउन खोजिएको बताएका छन् ।
बिहीबार ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले यस्तो बताएको हुन् । उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ल्याएको अध्यादेशलाई रोक्न खोजेकाहरूले अहिले एमालेले अवरोध गरेको प्रचार गरिरहेको आरोप लगाए । उनले नागरिकता विधेयकमा राष्ट्रपति विद्यादेवी भण्डारीको सन्देशलाई उपेक्षा गर्ने सत्ता गठबन्धनले राष्ट्रिय हितको नेतृत्व गर्न नसक्ने जिकिर गरे ।
उनले विवाह गरेर आएका विदेशी महिलालाई लगत्तै नागरिकता दिने चलन कहाँ छ भन्दै प्रश्न समेत गरे ।