नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले राष्ट्रपतिको अपमान गर्नुलाई महानता ठानेको बताएका छन् ।
पूर्वप्रहरी प्रमुख सर्वेन्द्र खनाल लगायतलाई पार्टी प्रवेश गराउने कार्यक्रममा ओलीले अनधिकत मान्छेहरु बसेर राष्ट्रपतिको मजाक उडाउने काम गरिरहेको बताए । गठबन्धनले मसलको भाषा मात्र बोल्न थालेको भन्दै उनले एमालेसँग ठोक्किन आए त्यसलाई पनि ठीक पार्ने चेतावनी दिए ।
सत्तामा बस्नेहरुमा अहंकार चढ्यो भने तानाशाही हुने भन्दै उनले भने, ‘यस्तो क्रियाकलाप नगर्न सचेत गराउन चाहन्छु । मान्दै मान्दैन भने मंसिर ४ गते हिसाब किताब जनताले गर्छन् ।’