नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमलाई प्रतिगमनको नयाँ स्वरुप बताएका छन् । शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले गत सालदेखि प्रतिगमनको नयाँ रूप आएको चर्चा गर्दै राष्ट्रपतिको कदमलाई पनि प्रतिगमन भनेका हुन्।
प्रतिनिधिसभा विघटन प्रकरणमा प्रतिगमनको विरोध गर्दै किसान र श्रमिक सडकमा उत्रिएपछि परास्त भएको भन्दै राष्ट्रपतिको कदमविरूद्ध पनि सडकमा उत्रिनुपर्ने उनको भनाइ छ।
प्रतिगमनकारी शक्तिलाई परास्त गर्न फेरि वामपन्थी शक्ति एक बनाउने प्रयत्न भइरहेको उनले बताए।