News Portal

  • बौद्धधर्मालम्वीले आज तोला लोसार मनाउँदै

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, १५ पुस २०७९
    ३८९ पटक
    भक्तपुर, १५ पुस २०७९

    नयाँ वर्ष अर्थात् तोला लोसार पर्व बौद्धधर्मालम्वीहरुले आज भव्यरुपमा मनाउँदै आएका छन् । बाघ (तक लो) वर्षलाई बिदा गरी नयाँ वर्षको सुरुवातसँगै बिरालो वर्ष (हे लो) मा विभिन्न कार्यक्रमहरु आयोजना गरी शुभकामना साटासाट गरेर लोसार मनाउँदै आएका छन् ।

    तोला लोसार लाई विशेष गरी गुरुङ समुदाय तमु लोसारको नाम दिएर विशेष प्राथमिकताका साथ मनाउँदै आएका छन् । सरकारले समेत तमु लोसार भनी शुक्रवार सार्वजनिक बिदा दिएको छ । बुधवार देखिनै काठमाडौँको टुँडिखेल लगायत देशैभर तमु समुदायले विभिन्न कार्यक्रमहरू आयोजना गरी मनाउँदै आएका छन् ।

    बौद्धधर्म अन्तर्गत महायानी सम्प्रदायमा सम्बोडा लिपिले समेटेको हिमाली भोटचन्द्र पात्रो (दतु) मा तिथि मिति परिवर्तन भई पुरानो वर्षलाई बिदा गरी नयाँ वर्ष मनाउनु नै लोसार पर्व मान्नु हो । ‘लो’ को अर्थ वर्ष र ‘सार’ को ‘अर्थ’ बाट ‘लोसार’ शब्दको उत्पत्ति भएको तथ्य छ ।

    क्रमिक रूपमा १२ वटा वर्ष (लो) परिवर्तन हुँदा लोसार पनि सोही अन्तर्गत रहेर मनाउने गरेको नेपाल बौद्ध महासंघका कार्यालय प्रमुख आचार्य सेर्की शेर्पाले बताए । उनका अनुसार बाँदर, चरा, कुकुर, सुँगुर, मुसा, गाई, बाघ, बिरालो, ड्रागन, सर्प, घोडा, भेडा गरी १२ वर्षमा एक पटक लो (वर्ष) परिवर्तन हुने गर्छ। त्यसै अन्तर्गत यो वर्ष त्यसैले हिम वत् खण्डबाट सुरु भएको बाघ वर्ष समाप्त भएर बिरालो वर्षको सुरुवात भएको हो ।

    आचार्य शेर्पाका अनुसार पात्रोअनुसार कोङ्पो, तोला, सोनाम र ग्याल्पो गरी चार वटा लोसार उल्लेख छ। यी चारै नयाँ वर्ष (लोसार) बौद्धधर्मालम्बीले परम्पराको रूपमा मान्दै आएका छन्। सीमित समुदाय भन्दा पनि लोसार बौद्धधर्मालम्वीहरुले मनाउने पर्व हो तर पछिल्लो समय जातीय रूपमा प्राथमिकता दिने गरेको उनको भनाई छ ।

    विषेश गरी हिउँदको घाम फर्कंदा लोसार मान्ने प्रचलन मञ्जु श्री (नाग्चिपा) ज्योतिषी परम्परामा पनि छ । पात्रोअनुसार रहेको कोङपो लोसार लोप हुँदै गएको छ । पछिल्लो समय तोला लोसार पुसमा मनाउने गरिन्छ । सोनामको अर्थ कृषि हो । किसानले रोपेको खेतीको उत्पादन भित्र्याएपछि हुने खुसीयालीमा पात्रोअनुसार १२ महिनाको पहिलो दिन सोनाम लोसार मनाउने चलन छ । यता पात्रोमा तिथि परिर्वतन भई नयाँ वर्ष सुरुवातसँगै १२ महिना समाप्त भएपछि ग्याल्पो लोसार मनाउने प्रचलन छ ।

    लोसारमा नौ प्रकारका पदार्थ मिसाएर पकाइएका खाना (गुथुक), खप्स, फलफूल र जात विषेशको नयाँ नयाँ खानाका परिकारहरू खाएर शुभकामना साटासाट गरी विश्वभर लोसार मनाउने गरेको पाइन्छ । गोरखापत्रबाट

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...