News Portal

  • पोखरा विमान दुर्घटनाको वेदना : सुदूरको ठाडी भाकामा

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ५ माघ २०७९
    २९१ पटक
    भक्तपुर, ५ माघ २०७९

    पोखरा बस्साकी, काठमाणडौं है उडाइ लैग्यो, पोखरा बस्साकी
    सेतीमा खस्साकी, बिहानैका झुल्क्या घाम सेतीमा खस्याकी ।।
    छैन् तेरो चित्र, हावामा उठेर आउन्या, छैन तेरो चित्र
    उसै जहाजभित्र काल पनि बस्याको रैछ् उसै जहाजभित्र
    बादलभित्र लैग्यो, दुई फन्का पशुपति लायो, बादलभित्र लैग्यो ।
    सम्झानामा रहीगया, मान्छे बाईगया, फोटो मात्रै सम्झनामा रैग्या ।
    बनाइदियो खाग लासै पनि नचिनिन्या बनाइदियो खाग ।
    धर्मी महिनाना माघ, आँशुका नौधरा बग्या धर्मी महिना माघ ।।

    चार दिनअघि मुलुक नै शोकमा डुबाउने गरी पोखरामा भएको विमान दुर्घटनाको बेदना सुदूरपश्चिमका देउडा गायक भोजराज भट्टले ठाडी भाकामा गीत सार्वजनिक गरेका छन् ।

    आफुले जहाज दुर्घटनामा परी ज्यान गुमाएकाप्रति सुदूरपश्चिमको ठाडी भाकामा श्रद्धाञ्जली दिएको उनले बताए । बुधबार राति युट्युवमार्फत भाका सार्वजनिक गरेका भट्टले गीत गाउनुका साथै आफूले लय समेत दिएको बताए ।

    सुदूरपश्चिमकै गायक भानुभक्त जोशीले शब्द सङ्कलन गरेका हुन् । गीतमा दुर्घटनामा ज्यान गुमाएका कञ्चनपुरको महेन्द्रनगरका सुस्मा पाण्डेय भट्ट र उनका १५ वर्षीय छोरा स्लकलाई समेत सम्झिएको छ ।

    “यो साङ्गीतिक क्षेत्रमा चर्चा कमाउनभन्दा पनि मुलुक शोकमा डुबेका बेला वेदना र यथार्थ पस्किएका भन्नुहुदै हवाई यात्रा असुरक्षित बन्दै गएको विषय गीतमा समेटेको छु ।,” उनले भने ।

    उनले विसं २०५२ मा सुदूरपश्चिमको सेतीमा बस दुर्घटना हुँदा वियोगान्त गीत सार्वजनिक गरेको स्मरण गरे । “शोकका बेला मैले ल्याएको यो तेस्रो गीत हो”, देउडा गायक भट्टले भने, “ठाडीमा रमाइलो गीतभन्दा पनि दुःख वेदनाको विषय मात्रै समावेश हुन्छ ।”

    कालको खोल भयो नेपालको जहाजको यात्रा कालको खोल भयो ।
    रगतको झोलको सेतीका माछाकी लेखा रगतको झोल भयो ।।
    संसारै रुवायै, कठैदैव तेरो लिला संसारै रुवाए ।
    एमराज खुवाए, एकैचिता इतिजना एमराज खुवाए ।।

    यती एयरलाइन्सको विमान दुर्घटनामा परी ७२ जनाको ज्यान गएको थियो । अहिले शव आफन्तको जिम्मा लगाउनेक्रम सकिएको छैन् । सोही विमानमा सवार महेन्द्रनगरका आमा/छोराको शव अझै आफन्तले पाउन सकेका छैनन् ।

    सेलीरोटी खानाको नहरीको कालो काग सेलरोटी खानाको ।
    बहत्तर जनाको एकैच्याहान क्याइबनाए, बहत्तर जनाको ।।
    गाइकालै साथ आमा–छोरा कञ्चनपुरका गाइकालै साथ ।
    दिउँसै पडि रात, बाटो कुर्‍या घरपरिवार दिउँसै पडि रात ।।

    गायक भट्टले राति अपलोड गरेको उक्त भाकालाई हालसम्म ५८ हजार बढीले युट्युवमा हेरिसकेका छन् । गीत सुनेकाले दुःखद घडीमा मार्मिक सिर्जना गरेको भन्दै गायकको प्रशंसासमेत गरेका छन् । गोरखापत्र दैनिक

    प्रतिकृया दिनुहोस्

    गणतन्त्र सेनानी सम्मान कार्यक्रम स्थगित

    गणतन्त्र सेनानी सम्मान कार्यक्रम स्थगित गरिएको छ । आज अपराह्नको लागि तय भएको सो कार्यक्रम...

    शिक्षा र स्वास्थ्य निशुल्क नभई भ्रष्टाचार नरोकिने मन्त्रीको भनाइ

    गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा निःशुल्क नभई भ्रष्टाचार नरोकिने बागमती प्रदेश सरकारकी सामाजिक विकास मन्त्री...

    दरबारमार्गमा शक्ति प्रदर्शन गरेको एमालेलाई एक लाख जरिवाना

    काठमाडौं महानगरपालिकाले सत्तारुढ दल नेकपा एमालेलाई एक लाख रुपैयाँ जरिवाना तिर्न पत्राचार गरेको छ ।...

    सिक्दै कमाउँदै श्री पद्मका विद्यार्थी

    “मैले तीन कक्षादेखि नै अतिरिक्त क्रियाकलाप अन्तर्गत आर्ट ( पेन्टिङ्ग ) विषय रोजे । त्यति...

    वेदालय बन्यो भक्तपुरकै सर्वोत्कृष्ट करदाता

    भक्तपुरमा १३ औं राष्ट्रिय कर दिवस सप्ताहव्यापी कार्यक्रम गर्दै सम्पन्न भएको छ । आन्तरिक राजश्व...