News Portal

  • नेपालमा पहिलो पटक रु एक करोड पुरस्कार राशिको रियालिटी सो हुने

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ११ फागुन २०७९
    ४२७ पटक
    भक्तपुर, ११ फागुन २०७९

    नेपालमा पहिलो पटक रु एक करोड पुरस्कार राशिको रियालिटी सो हुने भएको छ । नेपाली संस्कृति, भाषा र गीत सङ्गीतको जगेर्ना गर्ने उद्देश्यका साथ इन्ट्रा फाउण्डेशन अफ अमेरिका कम्युनिटीले उक्त रियालिटी सो गर्ने भएको हो ।

    इन्ट्रा फाउण्डेशन अफ अमेरिका कमुनिटीको आयोजनामा हुने मेघा भ्वाइस युनिभर्स र मेघा डान्स युनिभर्समा विश्वभर छरिएर रहेका नेपालीले भाग लिन पाउने भएका छन् ।

    प्रतियोगिताको विजेताले नगद एक-एक करोड, फष्ट रनर अपले ३० लाख र सेकेन्ड रनरअपले २०-२० लाख प्राप्त गर्ने इन्ट्राका सचिव सुरेन शेर्माले जानकारी दिएका छन् । आयोजक संस्थाले बुधबार झापाको दमकमा पत्रकार सम्मेलन गरी सो जन्करो दिएका हुन् ।

    प्रतियोगितामा विश्वभर छरिएर रहेका नेपाली भाषीहरूको सहभागिता रहनेछ । रियालिटी सो प्रथम अडिसन झापाको दमकबाट हुने भएको छ । फागुन २० र २१ गते झापाको दमकस्थित श्री सरस्वती माविमा अडिसन हुने कार्यक्रम सञ्चालक तथा कलाकार नरेश घतानीले बताए ।

    प्रतियोगिताको अडिसन अमेरिका, क्यानाडा, युरोप, दुबई, नेपाल, भारत, थाइल्याड र अष्ट्रेलियामा हुने भएको छ । नेपालमा हुने अडिसन नेपालगञ्ज, बुटवल, काठमाडौँ र झापामा हुने भएको छ ।

    फिल्ड अडिसन र जर्ज अडिसनबाट विश्वभरका एक सय २० प्रतिस्पर्धी छानिने छन् । छानिएका एक सय २० प्रतिस्पर्धीलाई नेपालको काठमाडौँमा ल्याई टप १२ मा छानिने कार्यक्रम सञ्चालक घतानीले बताए ।

    प्रतियोगितामा सामूहिक लोक नेपाली सांस्कृतिक नृत्य प्रतियोगिता रहेको र उक्त प्रतियोगिताका विजेताले रु २० लाख प्राप्त गर्ने छन् । प्रतियोगिताको निर्णायकतर्फ गायनमा सुरेश अधिकारी, अन्जु पन्त, शिव परियार, पुष्पन प्रधान र सुजता बर्मा रहेका छन् । नृत्यमा कलाकार मिथिला शर्मा, केकी अधिकारी, प्रियङ्का कार्की, शङ्कर विसी, दिलीप रायमाझी, नरमान राई रहेका छन् ।

    इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेशन अफ अमेरिका विश्वका गरिब र दुःखीलाई सहयोग गर्दै आएको विशुद्ध सेवा मुखी संस्था रहेको इन्ट्राका नेपाल प्रतिनिधि इन्द्र बानियाँले बताए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...