News Portal

  • चलचित्र मनोरञ्जनको साधन मात्र होइन : मन्त्री शर्मा

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २२ चैत २०७९
    ७६१ पटक
    भक्तपुर, २२ चैत २०७९

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले अब चलचित्रको संख्यामा भन्दा गुणस्तरीयतामा ध्यान दिनुपर्ने बताएकी छन् । नेपाल चलचित्र निर्माता संघले आयोजना गरेको कार्यक्रममा बुधवार उनले चलचित्रको गुणस्तरीयतामा ध्यान दिनुपर्ने बताएकी हुन् ।

    ‘हिजो चलचित्रको संख्या कम रहेको र प्रविधिको प्रयोग नहुने बेलामा चलचित्रको संख्या बढाउनु महत्वपूर्ण नै हुन्थ्यो’– उनले भनिन्– ‘तर, अब छायांकनदेखि प्रदर्शनसम्ममा प्रविधिको उच्चतम प्रयोग भइरहेको र अन्तर्राष्ट्रिय चलचित्र उद्योगसँग समेत प्रतिष्पर्धा गर्ने समय आएकाले गुणस्तरमा ध्यानदिनुु आवश्यक छ ।’

    चलचित्र क्षेत्रको बिकासका लागि आवश्यक कानुन र नीतिनिर्माणको सवालमा सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त व्यक्त गर्दै उनले चलचित्र बिकास बोर्डमार्फत चलचित्र क्षेत्रका समस्या र नीतिगत समाधानका उपायहरु केन्द्रिकृत गर्न आग्रह गरेकी थिइन् ।

    अहिले पनि नेपाली चलचित्र क्षेत्र २०२६ सालको ऐनद्वारा निर्देशितभएको उल्लेख गर्दै मन्त्री शर्माले हिजो श्वेत चलचित्रचलाउने कानुनले आजको डिजिटल युुगलाई प्रतिनिधित्व गर्न नसक्ने बताउदै चलचित्र ऐन परिमार्जन थालिएको जानकारी गराइन । अहिले चलचित्र बोर्डले मस्यौदा तयार गरिरहेको उल्लेख गर्दै उनले जतिसक्यो चाँडो मन्त्रालयबाट टुंग्याएर अघि बढाउने प्रतिबद्धता पनि प्रकट गरिन ।

    चलचित्र आम सञ्चार क्षेत्रको सशक्त माध्यम भएकाले यसलाई राजनीतिक सामाजिक परिवर्तनका सन्देश प्रवाह गर्ने माध्यमको रुपमा पनि परिचालन गर्नु आवश्यक रहेको उनको भनाइ छ । ‘चलचित्र मनोरञ्जनको साधन मात्र होइन, यो सन्देश प्रभावको माध्यम पनि हो’– मन्त्री शर्माले भनिन् – ‘त्यसैले चलचित्र निर्माण गर्दा विषयवस्तुु, सन्देश र कलापक्षको सन्तुलनमा बराबरी ध्यान दिनुु आवश्यक छ ।’

    नेपाल प्राकृतिक हिसाबले सुन्दर र सांस्कृतिक हिसाबले विविधतायुक्त मुलुुक भएकाले यसलाई राम्रोसँग चलचित्रमा प्रस्तुत गरेर राष्ट्रिय÷अन्तर्राष्ट्रियस्तरमा प्रचार गर्न सके चलचित्रको माध्यमबाट देशको पर्यटनको बिकास र समृद्धिमा ठूलो योगदान गर्न सकिने विश्वास व्यक्त गर्दै मन्त्री शर्माले चलचित्रको क्षेत्रमा सहयोग गर्न आफ्नो मन्त्रालय सदैव तत्पर रहेको बताइन ।

    चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली चलचित्र उद्योगका विभिन्न संघ संस्थाका निर्वाचित तथा नियुक्त पदाधिकारी र सदस्यलाई सम्मानगरिएको थियो भने संघले मन्त्री शर्मालाई समेत सम्मान गरेको थियो ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...