News Portal

  • बोडेमा २७ वर्षीय सुजनको जिब्रो छेडेर जात्रा मनाइयो

    भक्तपुरपोस्ट संवाददाता मध्यपुर थिमि, २ बैशाख २०८०
    ४९० पटक
    मध्यपुर थिमि, २ बैशाख २०८०

    भक्तपुरको मध्यपुर थिमीस्थित बोडेमा जिब्रो छेड्ने जात्रा मनाइएको छ । प्रत्येक नयाँ वर्षको दोश्रो दिन बोडेमा हुँदै आएको यो जात्रा शनिवार भव्यरुपले सम्पन्न भएको हो ।

    परापूर्व कालमा एउटा राक्षसले यो क्षेत्रमा निकै दुःख दिएपछि त्यसलाई सबै मिलेर लखेटेको सङ्केतको रूपमा जिब्रो छेड्ने जात्राको शुरुवात भएको बिश्वास गरिन्छ ।

    जात्राको प्रमुख आर्कषण जिव्रो छेडाउने व्यक्ति हुने गर्दछन । यस पटक सुजन बाघ श्रेष्ठले पहिलो पटक जिब्रो छेडाएका छन् । यसअघि सुजनका बुवा बुद्धकृष्ण बाग श्रेष्ठले ९ पटक जिब्रो छ्डेर जात्रालाई निरन्तरता दिएका थिए भने सुजनका माइलो बुवा कृष्णचन्द्र बाग श्रेष्ठले १२ पटक जिब्रो छेडाएका थिए । माइलो बुवा र बुवाले करिव दुई दशक जिब्रो छेडाएर निरन्तरता दिएको जात्रालाई यसवर्ष २७ वर्षीय सुजनले जिब्रो छेडाएर जात्रामा युवा प्रतिनीधित्व र पुस्तान्तरणको अध्याय शुरु गरेको मध्यपुर थिमिका नगर उप प्रमुख विजय कृष्ण श्रेष्ठले श्रेष्ठले बताए ।

    किंवदन्तीअनुसार प्राचीनकालमा बोडेमा नीलबाराहीको दायाँबायाँ बस्ने भुतप्रेत, पिशाच, ख्याक तथा कंकालले बोडेका मानिसलाई धेरै दुःख दिने गरेको त्यसलाई हटाउन तान्त्रिक भीमदत्त त्यहाँ आएर तान्त्रिक विद्याअनुसार बोडेभर पासो राखेर दुःख दिने पिशाचलाई समातेर उसको जिब्रो छेडी बलेको महाद्वीप बोकाएर बोडे घुमाएपछि यो जात्राको परम्परा सुरु भएको हो ।

    जिब्रो छेड्ने व्यक्तिले तीन दिनदेखि शुद्ध भई पानी मात्र खाएर व्रत बस्नुपर्छ । एक महिनादेखि तेलमा डुबाइराखेको करिब ११ इन्च लामो सुइरोले जिब्रो छेडिन्छ । विशेष पहिरन र खुट्टामा तान्त्रिक घण्टी लगाई जिब्रो छेड्नुअघि शक्तिपीठको दर्शन गर्ने परम्परा रहेको र जिब्रो छेडेपछि नगर परिक्रमा गरेर सियो ननिकालेसम्म पानीसमेत खान नपाइने प्रचलन रहेको नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगत कृष्ण प्रजापतिले जनाएका छन् ।

    जात्रा हेर्न स्थानीय सहित जात्राप्रेमी एवं पर्यटकहरु बोडे पुगेका थिए । जात्राले रोग ब्याधी बाट बचाउने, बालीनाली सप्रिने, खडेरी नपर्ने र सबै लाई सुख हुने जनविश्वास रहिआएको छ ।

    तस्विर : सुरेश ख्वाक: श्रेष्ठ

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...