News Portal

  • बागमतीमा जलजात्रा

    भक्तपुरपोष्ट संवाददाता भक्तपुर, २८ साउन २०८०
    १८१० पटक
    भक्तपुर, २८ साउन २०८०

    हावा भरेर चलाउन मिल्ने एकप्रकारको डुङ्गा (राफ्ट) प्रयोग गरेर नदी वा खोलामा पानीको बहावसँगै बग्दै जलयात्रा गरिने मनोरञ्जनात्मक एवं साहसिक खेल राफ्टिङ नेपालमा पनि निकै लोकप्रिय हुँदै गएको छ । नदी बचाउँ अभियानमा लागेका अभियन्ताहरु राफ्टिङ खेल मार्फत पनि नदी संरक्षण र यसको उपयोगमा जोड दिंदै आएका छन् ।

    नेपाल रिभर कन्जरभेसन ट्रस्टले यसै सन्दर्भमा हरेक वर्ष “बागमती जलजात्रा’ कार्यक्रम मार्फत जलयात्रा आयोजना गर्दै आएको छ । उपत्यकाको सभ्यतासंग समेत जोडिएको पवित्र प्राकृतिक, धार्मिक एवं सास्कृतिक नदी बागमतीको संरक्षणमा योगदान गर्ने उदेश्यले यस वर्ष भदौको दोश्रो सातामा जलजात्रा राफ्टिङ गरिने ट्रस्टका कार्यकारी निर्देशक मौसम खनालले जनाएका छन् । “भदौ ९ गते बागमतीमा जलजात्रा हुन्छ ।” उनले भने । बागमती नदीमा आयोजना गरिने राफ्टिङमा २ दर्जन बढी राफ्टहरु प्रयोग गरिने र त्यसमा सरोकारवालालाई सयर गरायर बागमती नदीको बास्तविक अवस्था थाहा दिलाउने जलजात्राको उदेश्य रहेको खनालले बताएका छन् ।

    कार्यक्रमको तयारी स्वरुप कार्यकारी निर्देशक मौसम खनालको नेतृत्वमा एक टोलीले सुन्दरीजलबाट बागमतीमा प्रवेश गरी टेस्ट राफ्टिङ गरेको छ । नदीको अवस्थाबारे जानकारी लिदै जलयात्राका क्रममा उत्पन्न हुनसक्ने अवरोध र त्यसको समाधानमा केन्द्रीत हुन नदीको रेकी गरिएको खनालले बताएका छन् । उनी अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका कार्यकारी समिति सदस्य समेत हुन् ।

    उनले पछिल्लो समय बागमती नदी सफा रहेको र वर्षाको समयमा पानीको बहाव बढ्ने भएकाले राफ्टिङको लागि समेत उपयुक्त रहेको जिकिर गरे । केही ठाउँहरुमा नदीमा बनाइएका घाट,पुल र निकासका कारण राफ्टलाई बोकेर हिड्नुपर्ने भएकाले त्यसको समाधान गर्न सके बागमतीलाई राफ्टिङको दृष्टिले पनि पर्यटकीय गन्तब्य बनाउन सकिने उनले बताए । काठमाडौ महानगरका मेयर बालेन्द्र साह (बालेन) राफ्टिङबारे सकारात्मक रहेकाले बागमतीमा बिना अवरोध राफ्ट सललल चल्ने वातावरण बनाउन सकिने उनले विश्वास व्यक्त गरेका छन् । ‘बागमतीमा गरिने राफ्टिङ खेल मात्र हुनेछैन, हाम्रो नदी संरक्षणमा प्राप्त उपलब्धीको जीवित इतिहास समेत हुनेछ ।’ उनले भने । 

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...