News Portal

  • पूर्व उपराष्ट्रपति पुनका छोरा दिपेशले दिए सिआइबिमा बयान

    भक्तपुरपोष्ट संवाददाता भक्तपुर, १९ भदौ २०८०
    ४८९ पटक
    भक्तपुर, १९ भदौ २०८०

    अनुसन्धान गर्दा आफ्नै नाम मुछिएपनि अनुसन्धान नरोक्न प्रहरीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आदेश दिएपछि उनी नेतृत्वको पार्टी नेकपा (माओवादी केन्द्र) का नेता पुत्रहरु पनि अनुसन्धानमा तानिएका छन् ।

    उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुल महरालाई केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबि)ले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइरहेका बेला पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुन संग पनि बयान लिइएको छ ।

    पुनले महाराजगञ्जस्थित ब्यूरोमा पुगेर बयान दिएका एक अनुसन्धान अघिकृतले जनाएका हुन् ।

    ६० किलो सुन तस्करी प्रकरणमा छानबिनका दायरामा आएका व्यक्तिहरुसँग उठवस देखिएपछि सिआईबीले पुनसँग बयान लिएको हो ।

    ३ साउनमा लुकाएर ल्याइएको १५५ किलो सुनको ब्रेक प्याड राजश्व अनुसन्धान विभागले बरामद गरेको थियो । १९ दिनपछि यसको अनुुसन्धानको सम्पूर्ण जिम्मा सीआईबीले पाएको थियो । त्यसक्रममा यसमा संलग्न ६ विदेशी नागरिकसहित २५ जना पक्राउ परिसकेका छन् ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...