News Portal

  • संस्कृती संरक्षण र प्रवर्द्धनमा मध्यपुर वाइसिएलको उदाहरणीय काम

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, २४ साउन २०८०
    १९५ पटक
    भक्तपुर, २४ साउन २०८०

    नेकपा (माओवादी केन्द्र)को सहायक संगठन योङ्ग कम्युनिष्ट लिग, नेपाल (वाईसिएल, नेपाल) को मध्यपुर थिमिमा धार्मिक एवं सास्कृतिक महत्व बोकेको गुंला बाजा परिक्रमा परम्परा प्रवर्द्धनमा सहयोग गरेको छ । वाईसिएलको मध्यपुर थिमि नगरपालिका वडा नं. ७ समितिले गुंला बाजा नगर परिक्रमालाई स्वागत तथा सम्मान कार्यक्रमको आयोजना गरी उक्त परम्परा प्रवर्द्धनमा सहयोग गरेको हो ।

    गुंला पर्व विशेषगरी बुद्धधर्मावलम्बी नेवा: समुदायले मनाउँदै आएपनि पछिल्लो समयमा हिन्दू धर्मावलम्बीले पनि मनाउन थालेका छन् । नेवा: समुदायमा गुंला पर्वका अवसरमा १ महिनाभरी नै गुंला बाजा बजाउदै चैत्य र मन्दिरमा पूजा अर्चना र नगरपरिक्रमाको प्रचलन रही आएको छ । गुंला बाजा परिक्रमालाई हैसला दिन वडा नं. ७ मा स्वागत, सम्मान तथा चियापान कार्यक्रमको आयोजना गरिएको वाइसिएलको नगर अध्यक्ष सजन प्रजापतिले प्रष्ट पारेका छन् ।

    उक्त अवसरमा वाईसिएल नेपाल वडा नं. ७ कमिटीका अध्यक्ष प्रदीप बाँडेले संस्कृतिको संरक्षण र प्रवर्धनलका लागि सबैले आ-आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने बताउँदै गुंला पर्वलगायतका सांस्कृतिक धरोहरहरुको रक्षा गर्नु सबैको दायित्व भएको बताए ।

    वाईसिएल नेपालका केन्द्रीय सदस्य एवं भक्तपुर इन्चार्ज नरेश रञ्जीतले संस्कृती संरक्षणका लागि निस्वार्थ रुपमा लाग्नेलाई सम्मान गरेर युवा पुस्ताले सर्हानीय कार्य गरेको सुनाए । पुर्खाले दिएको सस्कृती लाई जोगाइराख्ने अभिभारा युवाकै काधमा आइपर्ने भएकोले यस्ता कार्यक्रम लाई उनले असल संकारको रुपमा अर्थ्याए । ‘हाम्रो धर्म, कला, संस्कृती,सम्पदा हाम्रो अमुल्य सम्पत्ति तथा पहिचान हो । यसको संरक्षण र प्रवर्द्धनका निमित्त वाइसिएल पनि प्रतिवद्ध छ ।’ उनले भने ।

    ‘नगदेश नेवाः ऐतिहासिक, सांस्कृतिक, भजन खलः पुखुशी’द्वारा आयोजना गरिएको गुंला बाजाको नगरपरिक्रमा कार्यक्रमको सम्मान तथा स्वागतमा वाईसिएल नेपाल ७ न वडा समितिले आयोजना गरेको कार्यक्रममा नगरपालिकाका उपमेयर एवं माओवादी केंद्राका नगर अध्यक्ष विजय कृष्ण श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।

    गुंला बाजा नगरपरिक्रमा कार्यक्रममा साना बालबालिकादेखि युवा, बयष्क र जेष्ठ नागरिकसम्मको उत्साहजनक सहभागिता रहेको थियो । यो पर्वमा प्रत्येक दिन नौ बाजा बजाएर चैत्य तथा मन्दिर परिक्रमा गरिन्छ । न्याकुँ बाजा, धाः बाजा, बाँसुरी, धिमे, भुस्या, चती, न्याकुल बाजाहरु बजाएर चैत्यहरुका साथै स्थानीय ईष्टदेवता, गणेश, भीमसेन भैरवलगायतका देवीदेवताहरुको परिक्रमा गर्ने गरिन्छ ।राजनीतिमा लागेका युवाहरुले राजनीतिक गतिबिधि मात्र होइन, सांस्कृतिक सहयोग र सम्मान समेत गरेको पाउँदा खुशी लागेको सहभागीहरुले प्रतिक्रिया दिएका छन् ।

    YCL (2)YCL (3)YCL (5)

    प्रतिकृया दिनुहोस्

    ताथलीस्थित महायज्ञमा मेयरको उद्घोष : २०८२ साललाई धार्मिक पर्यटन वर्ष मनाइने

    चाँगु नारायण नगरपालिकाका मेयर जीवन खत्रीले आगामी २०८२ साललाई धार्मिक पर्यटन बर्ष मनाउने तयारी गरिएको...

    मध्यपुर थिमिमा सिंहावलोकनको नयाँ शुरुवात

    madhyapur thimi municipality thimi

    मध्यपुर थिमि नगरपालिकाले वार्षिक प्रगतीको समीक्षा गर्ने प्रचलन शुरु गरेको छ । नगरपालिकाले चागु आवको...

    ताथलीमा महायज्ञको उद्घाटन : सांसद थापाले गरे आयोजक बालयोगेश्वर विजयमूर्तिको प्रशंसा

    भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले राज्यले गर्नुपर्ने काम बालयोगेश्वर विजयमूर्ति...

    बेहुली झैं बन्यो ताथली : भक्तजन संगै तानिए टिकटकर

    भक्तपुरको चाँगुनारायण ९ ताथलीमा बिहीबारबाट सुरु हुने श्रीमदभागवत विराट पितृ मुक्ति ज्ञान महायज्ञको तयारी सम्पन्न...

    Municipality welcomes the first group to enter Bhaktapur city

    bhaktapur welcomes

    On the occasion of World Tourism Day, the first group to enter Bhaktapur has been...