News Portal

  • ताथलीमा ११ गतेदेखि १७ दिनसम्म महायज्ञ, नि:शुल्क भोजन र यातायातको व्यवस्था

    भक्तपुरपोष्ट संवाददाता भक्तपुर, ५ असोज २०८०
    ७७४ पटक
    bijayamurtimaharajभक्तपुर, ५ असोज २०८०

    भक्तपुरको चाँगुनारायण ९ ताथलीस्थित जेष्ठ नागरिकका लागि नि:शुल्क आश्रय स्थल ‘छोरीको घर ज्येष्ठ नागरिक आश्रम‘ को सहयोगार्थ श्रीमद भागवत विराट पितृ मुक्ति ज्ञान महायज्ञ हुने भएको छ । महायज्ञ यही असोज ११ गतेदेखि २७ गतेसम्म १७ दिन सञ्चालन हुने भएको हो ।

    शुक्रवार आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्थाका अध्यक्ष चर्चित श्रीमद भागवत वाचक बालयोगेश्वर विजयमूर्ति महाराजले यो ज्ञान महायज्ञ ऐतिहासिक हुने बताए । ”श्रीमद भागवतका कहिं नसुनिएका कथाहरु भक्तजनले यहाँ श्रवण गर्नुहुनेछ ।” उनले दावी गरे । प्रत्येक दिनलाई ४ भागमा विभाजित गरी धार्मिक अनुष्ठान हुने हुँदा अपुरो नहुने र प्रत्येक धार्मिक कार्यले गहिराइ प्राप्त गर्ने उनले जिकिर गरेका छन्।

    महायज्ञको पहिलो दिन आश्विन ११ गते १००८ शान्ति कलश यात्रा हुने, महायज्ञका अवसरमा ५ सय भन्दा बढी बाल कन्याहरुको पुजन गरिने, सयौ जनाको सामूहिक तुलादान, १०८ गौमाताको दुध जम्मा गरी पञ्चामृत तयार गरी वितरण गर्ने, एक हजार भन्दा बढी ज्येष्ठ नागरिकलाई सम्मान गर्ने, चारवेद, पुराण पाठ पारायण सहित सम्पूर्ण अध्यात्मिक गतिविधि हुने पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ ।

    यसैगरी प्रत्येक दिन राष्ट्रिय स्तरका राजनेता र कलाकारहरुको उपस्थिती, रात्रीको समयमा रामलीला, कृष्णलीला, भरत नाट्यम, नृत्य, धर्म संस्कृति र पहिचान झल्कने साँसकृतिक झाकी, देश विदेशका ख्याती प्राप्त सन्त, महात्मा, धर्मगुरुहरुको उपस्थिती र प्रवचन प्रस्तुत गरिने बताइएको छ ।

    महायज्ञमा दैनिक ५ हजार भक्तजनको आगमन हुने र महायज्ञ अवधीभर ५ लाख भक्तजनले महायज्ञस्थल भ्रमण गर्ने अनुमान गरिएको छ । महायज्ञमा सर्वसाधारणको सहज आवागमनका लागि भक्तपुरको च्याम्हसिंहबाट र काभ्रेको नालाबाट निःशुल्क बस सेवा सञ्चालन हुने आयोजकको भनाइ छ । भक्तजनलाई नि:शुल्क भोजन(प्रसाद) प्रदान गरिने आयोजकको तयारी छ ।

    महायज्ञ सफल बनाउन १०८ सदस्यीय मूल आयोजक समिति र स्थानीय समाजसेवी केशरबहादुर खड्काको संयोकत्वमा १००८ सदस्यीय मूल आयोजक समारोह समिति गठन गरी विभिन्न ६० वटा उपसमिति समेत गठन गरी कार्य भइरहेको आयोजक संस्थाका अध्यक्ष चर्चित श्रीमद भागवत कथा वाचक बालयोगेश्वर विजयमूर्ति महाराजले जानकारी गराएका छन् । यस्तै महायज्ञको निर्देशकमा सुभाष ढुंगाना र सचिवमा सुशिल ढुंगाना रहेका छन् । महायज्ञ बाट संकलन हुने दान र भेटीबाट ‘छोरीको घर ज्येष्ठ नागरिक आश्रम’को आवश्यक भवन र पूर्वाधार निर्माण गर्ने लक्ष्य रहेको आश्रम सञ्चालक समितिका अध्यक्ष वालयोगेश्वर विजयमूर्ति महाराजले स्पष्ट पारेका छन् ।

    उक्त आश्रम गत १८ असारमा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका हुन् । ५० आना क्षेत्रफलमा फैलिएको आश्रममा ३० जनालाई आश्रय दिने क्षमता रहेकोमा त्यसलाई बढाएर १ सय पुर्याउने लक्ष रहेको छ । आश्रमलाई आश्रयस्थलको रुपमा मात्र नभई बृहत आध्यात्मिक केन्द्र, प्राकृतिक चिकित्सालय, योग तथा ध्यान केन्द्र, धर्मशाला, सत्सङ्ग भवन, पुस्तकालय, सन्त निवास, ज्येष्ठ नागरिक सेवा केन्द्रको रुपमा बिस्तार गर्ने लक्ष रहेको अध्यक्ष बालयोगेश्वर विजयमूर्ति महाराजले बताए । उक्त क्षेत्रमा अलौकिक दिव्य राधाकृष्ण तथा पञ्चायन मन्दिर निर्माणको गुरुयोजना रहेको समेत उनले जानकारी गराएका छन् ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...