News Portal

  • मध्यपुर थिमिमा बालकरामले छेडाए जिब्रो, जात्रा हेर्न मन्त्री किराती सहित हजारौंको भिड

    भक्तपुरपोष्ट संवाददातामध्यपुर थिमि, १२ असोज २०८०
    २६० पटक
    मध्यपुर थिमि, १२ असोज २०८०

    येंयाँ पुन्ही अर्थात् आश्विन शुक्ल पूर्णिमाको साँझ मध्यपुर थिमि-५ दिगुलीमा जिब्रो छेड्ने जात्रा भएको छ । जात्रामा मध्यपुर थिमि–५ चोडे टोलका बालकराम नानीचा श्रेष्ठले शुक्रवार साँझ दिगुलीस्थित डवलीमा जिब्रो छेडाएका छन् ।

    ‘येंयाँ पुन्ही म्ये प्वा खनेगु’ जात्रा अन्तर्गत बालकरामले हजारौं जात्रालु सामु शुक्रवार जिब्रो छेडाएका हुन् । नकर्मीले एक महिना अघि निर्माण गरी शुद्ध तोरीको तेलमा डुवाएर राखेको करिव १० इन्च लामो सुईरोबाट कमीनायोले बालकरामको जिब्रो छेडी दिएका छन् । त्यसपछि भ्यं (बासले बनेको महादीप) बोकेर बालकरामले नगर परिक्रमा गरे । साथै, जिब्रो छेडाई सकेपछि बालकरामले बाँसले निर्माण गरिएको भ्यं (महादिप) काँधमा बोकेर दिगुलीस्थित भैरवनाथलाई परिक्रमा गरी आफ्नो टोल चोडेस्थित गणेशको दर्शन गरे । त्यहाँबाट भुलाँखेल, सिद्धिकाली मन्दिर, सानोथिमि, पेप्सीकोला, एअरपोर्टको उत्तरपुर्वको बाटो हुँदैं पशुपतिनाथको दर्शनका लागि गएका थिए । बलाकरामले यस अघि पनि २०७५ सालमा जिब्रो छेडाएका थिए ।

    उक्त जिब्रो छेड्ने जात्रा हेर्न नेपाल सरकारका सस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती उपस्थित रहेका थिए । मन्त्री श्रेष्ठले मध्यपुरको पर्यटन प्रवर्द्धनमा चासो राखेपछि शुक्रवार उनलाई यहाँको प्रसिद्ध जात्रा अवलोकन गराइएको नगर उपप्रमुख विजय कृष्ण श्रेष्ठले बताए ।

    मध्यपुर थिमिमा वर्षको दुई पटक जिब्रो छेड्ने जात्रा सञ्चालन गरिन्छ । बिस्काः (बिस्केट) जात्राका अवसरमा वैशाख २ गते बिहान मध्यपुर थिमि–८ बोडेमा र येंयापुन्ही अर्थात् आश्विन शुक्ल पूर्णिमाको साँझ मध्यपुर थिमि–५ दिगुलीमा जिब्रो छेड्ने जात्रा सञ्चालन हुने परम्परा रहे बमोजिम येंयापुन्हीको अवसरमा जिब्रो छेड्ने जात्रा हेर्न मन्त्री किरातीलाई आमन्त्रण गरिएको मेयर सुरेन्द्र श्रेष्ठले जानकारी गराए ।

    उक्त अवसरमा मन्त्री श्रेष्ठले जिब्रो छेड्ने काम कठिन भएपनि सामुहिक सहभागिताले त्यसलाई सहज बनाइदिएको प्रतिक्रिया दिए । टोक्न समेत नसकिने जिब्रो छेड्ने साहस भएको मध्यपुर थिमिमा यो जात्र हेर्न आन्तरिक एवं बाह्य पर्यटक भित्राउनुपर्ने उनको भनाइ छ । मन्त्री श्रेष्ठले मध्यपुरको सस्कृती र परम्परा जोगाइराख्न यहाँका स्थानीय र जनप्रतिनिधिले योजना ल्याए आवश्यक सहयोग गर्न सरकार तयार रहेको समेत प्रतिवद्धता प्रकट गरेका छन् ।

    उक्त अवसरमा भक्तपुर क्षेत्र नं. २ का सांसद दुर्लभ थापाले, नगरबासीको सुस्वास्थ्य र रक्षाको लागि आफ्नो जिब्रो छेडाउन तयार हुने मध्यपुर थिमीका जनताहरु उदाहरणीय भएका भन्दै आफ्नो कला, सस्कृती र परम्परा जोगाउन युवा पुस्ताको उत्साहप्रति सन्तोष व्यक्त गरे ।

    जात्रा हेर्न बागमती प्रदेशका कृषि तथा सहकारी मन्त्री राजेन्द्रमान श्रेष्ठ, प्रदेश सभा सदस्य सुरेश श्रेष्ठ, भुवनकेशरी श्रेष्ठ, धनेश्वरी प्रजापति, भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठ, जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु त्यसैगरी नेकपा(माओवादी केन्द्र) का जिल्ला इन्चार्ज दिलिप प्रजापती, संयोजक सुनिल बासु, बागमती प्रदेश सभाका पूर्व सांसद प्रतिमा श्रेष्ठ, नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगतकृष्ण प्रजापति, मध्यपुर संचार समाजका अध्यक्ष बाबुकाजी श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

    थिमिकाे दिगुटाेलमा जिब्राे छेडाएका बालाकराम आफ्नो इच्छा बमोजिम भ्ये ( महादीप बलेकाे बासले बनाइएको अर्धचन्द्राकार बस्तु) काँधमा बाेकेर हिँडेरै पशुपतिनाथ परिक्रमा गर्न गएका थिए ।
    बालकरामसँगै मध्यपुर थिमि नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठ, उप मेयर विजय कृष्ण श्रेष्ठ, वडाध्यक्षहरू तथा सयाैं स्थानीय बासिन्दा परिक्रमामा सहभागी भएका स्थानीय प्रदिप श्रेष्ठले जनाएका छन् ।

    राती करिब १०:३० बजे पशुपतिनाथ पुगेकाे बालकराम लगायत परिक्रमा टोलीलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती तथा पशुपति विकास काेषका पदाधिकारीले स्वागत गरेका थिए ।

    पशुपतिनाथको परिक्रमा पछि बालकुमारी मन्दिरमा पुगी कमीनायोले जिब्रोमा छेडेको सुइरो निकाले संगै जिब्रो छेड्ने जात्रा सम्पन्न भएको छ ।

    प्रतिकृया दिनुहोस्

    शर्मा र सुवेदीलाई सम्मान

    २०८०।०८।१४ काठमाडौं अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरले अनेसास बिओटी सल्लाहकार रोहिणी शर्मा र अनेसासका...

    आयल निगम ऋण मुक्त भएसंगै घट्यो पेट्रोलियम पदार्थको मूल्य

    भारी ऋणमा रहेको नेपाल आयल निगम ऋण मुक्त भए संगै पेट्रोलियम पदार्थको मूल्य घटेको छ...

    इन्टरपोलको भिडियो प्रतियोगितामा नेपाल सर्वोत्कृष्ट

    इन्टरपोलद्वारा आयोजित INTERPOL 100 Global Video Contest for Young Police Leaders प्रतियोगितामा नेपाल सर्वोत्कृष्ट भएको...

    जलवायु परिवर्तनको असर कम गर्न नेपालले गरेका प्रयास बारे विश्वलाई जानकारी गराइने

    युएई । प्रधानमन्त्री पुष्पकमल दाहाल `प्रचण्ड´ ले जलवायु परिवर्तनको असर कम गर्न नेपालले गरेका प्रयास...

    पतिपत्नी सवार मोटरसाइकल पल्टदा पछाडीबाट आइरहेको बसको ठक्करबाट पत्नीको मृत्यु

    काभ्रेको रोशि ११ डालाबेशि स्थित बि.पि.राजमार्ग सडक खण्डमा सवारी दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ...