News Portal

  • चाँदीको कचौराको तेल सुनको चम्चाले जिब्रोमा चढाएर मन्त्री किरातीले दर्शाए सम्मान

    प्रदिप श्रेष्ठ मध्यपुर थिमि, १३ असोज २०८०
    ६०८ पटक
    मध्यपुर थिमि, १३ असोज २०८०

    मध्यपुर थिमिको जिब्रो छेड्ने जात्रालाई विश्वसामु चिनाउनुपर्नेमा संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले जोड दिएका छन् । जिब्रो छेड्ने जात्रा विश्वकै दुर्लभ जात्रा भएको र यो भक्तपुरको मध्यपुर थिमिमा मात्र मनाइने कुरा विश्वसामु पुर्याउनुपर्ने उनले बताएका हुन् ।

    शुक्रवार येंयाँ पुन्ही अर्थात् आश्विन शुक्ल पूर्णिमाको साँझ मध्यपुर थिमि-५ दिगुलीमा जिब्रो छेड्ने जात्रा हेर्न आइपुगेका मन्त्री किरातीले यो अदम्य साहस युक्त संस्कार दुनियालाई देखाउनुपर्ने आवश्यकता औल्याए । शुक्रवार साँझ दिगुलीस्थित डवलीमा जिब्रो छेडाउने मध्यपुर थिमि–५ चोडे टोलका बालकराम नानीचा श्रेष्ठ र त्यसमा साथ् दिईरहेका जात्रालु प्रति उनले आभार समेत प्रकट गरेका छन् ।

    नकर्मीले एक महिना अघि निर्माण गरी शुद्ध तोरीको तेलमा डुवाएर राखेको करिव १० इन्च लामो सुईरोबाट कमीनायोले बालकरामको जिब्रो छेडी दिएका थिए । त्यसपछि भ्यं (बासले बनेको महादीप) बोकेर बालकरामले नगर परिक्रमा गरे । साथै, जिब्रो छेडाई सकेपछि बालकरामले बाँसले निर्माण गरिएको भ्यं (महादिप) काँधमा बोकेर दिगुलीस्थित भैरवनाथलाई परिक्रमा गरी आफ्नो टोल चोडेस्थित गणेशको दर्शन गरे । त्यहाँबाट भुलाँखेल, सिद्धिकाली मन्दिर, सानोथिमि, पेप्सीकोला, एअरपोर्टको उत्तरपुर्वको बाटो हुँदैं पशुपतिनाथको दर्शनका लागि गएका थिए ।

    जिब्रो छेडाई सकेपछि ४० किलो गह्रौ भ्यं (महादीप, अर्धचन्द्राकार बासले बनाइएको बस्तु)बोकेर बालकराम पशुपति पुग्दा उनलाई मध्यपुर थिमिको ठुलो जनसमुदायले पछ्याइरहेको थियो । मेयर सुरेन्द्र श्रेष्ठ, उपमेयर बिजय कृष्ण श्रेष्ठ लगायत जनप्रतिनिधि समेत सहभागी परिक्रमामा हजारौं मानिस पैदल नै हिडेर बालकरामलाई हौसला प्रदान गरिरहेका देखिन्थे ।

    पशुपति जाने इच्छा बमोजिम थिमीमा जिब्रो छेडाएर हिडेका बलाकराम पशुपति पुग्दा करिब ११ बजेको थियो । उनलाई नेपाल सरकारका संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती र पशुपति बिकास कोषका पदाधिकारीले स्वागत गरेका थिए । जिब्रो छेडेको प्रत्यक्ष हेरेर पशुपतिमा स्वागत गर्न पुगेका मन्त्री किरातीले बालकरामले समाज र मानवको हित चिताएर आफ्नो जिब्रो छेड्ने साहसिक काम गरेकोप्रति धन्यवाद ज्ञापन गर्दै पशुपतिको चादीको कचौरामा राखिएको तोरीको तेललाई सुनको चम्चाले सुइरो छेडिएको जिब्रोमा हालेर संस्कृतीप्रति आदर र सम्मान प्रकट गरे ।

    नगर परिक्रमा गरि राति ८ बजे पशुपतिनाथको मन्दिर तर्फ प्रस्थान गरेका बालकराम फर्कदा बिहानको ३ बजेको थियो । पशुपतिनाथको परिक्रमा गरी बालकुमारी मन्दिरमा पुगी कमीनायोले जिब्रोमा छेडेको सुइरो निकाले संगै जिब्रो छेड्ने जात्रा सम्पन्न भएको छ ।

    इन्द्रजात्राको अवसरमा जिब्रो छेड्ने जात्रा नियमित हुन नसकेकोमा बालकरामले यसको निरन्तरतामा सहयोग गरी संस्कृती र परम्परा जोगाउने काम गरेको भन्दै मध्यपुर थिमि नगरपालिकाका उप प्रमुख विजय कृष्ण श्रेष्ठले बालकराम जस्ता सामाजसेवीहरु नगरका सम्पत्ति भएका बताए । उनले जात्रालाई एक शताब्दी पछि पशुपति सम्म पुर्याइएको जानकारी गराउदै जात्रा व्यवस्थान समिति र सहभागीलाई धन्यवाद ज्ञापन गर्दै मध्यपुरको जात्रालाई सम्मान गर्ने नेपाल सरकार र मन्त्री किराती प्रति आभार पनि प्रकट गरेका छन् ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...