News Portal

  • ताथलीमा जारी वृहत पितृ मुक्ति ज्ञान महायज्ञमा एकै दिन करिब १ करोड दान प्राप्त

    मदन ढुंगाना भक्तपुर, २१ असोज २०८०
    ३५५ पटक
    भक्तपुर, २१ असोज २०८०

    भक्तपुरको चाँगुनारायण ९ ताथलीमा जारी वृहत पितृ मुक्ति ज्ञान महायज्ञमा एकै दिन करिब १ करोड दान प्राप्त भएको छ । ताथलीस्थित छोरीको घर जेष्ठ नागरिक आश्रमलाई जग्गा खरिद गरि भवन निर्माण सहयोगार्थ आयोजित महायज्ञको १० औ दिनमा करिब १ करोड दान रकम सङकलन भएको हो ।

    महायज्ञका संकल्पकर्ता एवं आयोजक संस्थाका अध्यक्ष वालयोगेश्वर विजयमूर्ति महाराजले एकै दिन करिब १ करोड संकलन भएको पुष्टि गरे ।त्यस्तै उनले हालसम्म रु २ करोड भन्दा बढी दान प्राप्त भएको बताएका छन् ।

    आफ्ना पितृ उद्धारका लागि महा यज्ञमा दान गर्ने दानवीरहरुको उल्लेख्य सहभागिता रहेको बिजयामूर्ती महाराजले बताए । सनातन धर्मको रक्षा र समाजसेवाको भावले शुरु गरिएको महायज्ञमा स्थानीय सरकार र जनप्रतिनिधि मात्र नभई राष्ट्रिय स्तरका नेता र सांसदहरुको बाक्लो आवतजावत रहेको छ ।

    चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री महायज्ञस्थलमा प्राय: आइरहन्छन । बेसहारा जेष्ठ नागरिकको लागि घर बनाउने उदेश्यले संचालित महा यज्ञमा प्राप्त दानले अपुग भएको रकम नगरपालिकाले व्यहोर्ने उनले आश्वासन दिएका छन् । अहिले यति लाख उती लाख नभन्ने तर अपुग भए १, २ करोड नै भए पनि दिने उनको उद्घोष छ । सोही क्षेत्रबाट प्रदेश सभा सदस्य निर्वाचित सुरेश श्रेष्ठले २० लाख बजेट छोरीको घर जेष्ठ नागरिक आश्रमका लागि बिनियोजन गर्ने बचन बढ्ता प्रकट गरेका छन् ।

    चाँगु क्षेत्रका जनप्रतिनिधिले मात्र नभई सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले समेत महायज्ञमा नगद १ लाख बढी दान दिएका छन् । उनको उपस्थितिमा पत्नी अम्बिकाले उक्त दान गरेकी हुन् । उक्त अवसरमा मेयर थापाले नगरपालिकाको तर्फबाट कम्तिमा पचास लाख बजेट आश्रम निर्माणका लागि छुट्याइदिने प्रतिवद्धता प्रकट गरेका छन् ।

    गत आश्विन ११ गतेदेखि शुरु भएको महायज्ञ २७ गतेसम्म सञ्चालन हुने छ । महायज्ञबाट संकलन हुने दान र भेटीबाट ‘छोरीको घर ज्येष्ठ नागरिक आश्रम’को आवश्यक भवन र पूर्वाधार निर्माण गर्ने लक्ष्य रहेको आश्रम सञ्चालक समितिका अध्यक्ष वालयोगेश्वर विजयमूर्ति महाराजले स्पष्ट पारेका छन् । सहभागी भक्तजनको दान र जनप्रतिनिधिको दान गर्ने प्रतिवद्धताले गर्दा जेष्ठ नागरिक आश्रम सजिलै बन्ने उनले बिश्वास व्यक्त गरे ।

    प्रतिकृया दिनुहोस्

    शर्मा र सुवेदीलाई सम्मान

    २०८०।०८।१४ काठमाडौं अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरले अनेसास बिओटी सल्लाहकार रोहिणी शर्मा र अनेसासका...

    आयल निगम ऋण मुक्त भएसंगै घट्यो पेट्रोलियम पदार्थको मूल्य

    भारी ऋणमा रहेको नेपाल आयल निगम ऋण मुक्त भए संगै पेट्रोलियम पदार्थको मूल्य घटेको छ...

    इन्टरपोलको भिडियो प्रतियोगितामा नेपाल सर्वोत्कृष्ट

    इन्टरपोलद्वारा आयोजित INTERPOL 100 Global Video Contest for Young Police Leaders प्रतियोगितामा नेपाल सर्वोत्कृष्ट भएको...

    जलवायु परिवर्तनको असर कम गर्न नेपालले गरेका प्रयास बारे विश्वलाई जानकारी गराइने

    युएई । प्रधानमन्त्री पुष्पकमल दाहाल `प्रचण्ड´ ले जलवायु परिवर्तनको असर कम गर्न नेपालले गरेका प्रयास...

    पतिपत्नी सवार मोटरसाइकल पल्टदा पछाडीबाट आइरहेको बसको ठक्करबाट पत्नीको मृत्यु

    काभ्रेको रोशि ११ डालाबेशि स्थित बि.पि.राजमार्ग सडक खण्डमा सवारी दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ...