News Portal

  • आज चाँगुनारायणको दर्शन गरे मोक्ष मिल्ने

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, ७ मंसिर २०८०
    १०३२ पटक
    changu narayan thanभक्तपुर, ७ मंसिर २०८०

    भक्तपुरको चाँगुनारायण मन्दिरमा भक्तजनको ठूलो घुइचो लागेको छ । हरिबोधनी एकादशीका अवसरमा भगवानको दर्शन गर्ने भक्तजनको घुइचो लागेको हो ।

    यो दिन चाँगुनारायण मन्दिरमा ठूलो मेला पनि लाग्ने गर्दछ । आज चाँगुनारायणको दर्शन गरे मोक्ष मिल्ने र मनोकामना पूर्ण हुने धार्मिक बिश्वास रही आएको छ ।

    हरिबोधनी एकादशीलाई धुमधामले मनाउन नगरभित्रका सबै सरकारी कार्यालय,सहकारी, स्वास्थ्य तथा शैक्षिक संस्थाहरु लगायतमा सार्वजनिक बिदा दिइने घोषणा गरिएको चाँगुनारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुरामणी पन्थीले प्रष्ट पारेका छन् । ‘नगरपालिकाले आफ्नो क्यालेण्डरमै यस दिन बिदा उल्लेख गरेको छ ।’ भक्तपुर पोस्टसंग उनले भने ।

    चाँगुनाराय णमा वर्षको ४ पटक ठूलो मेला लाग्ने गर्दछ ।  सामाजिक अभियन्ता दिनेश खनाल चाँगुनारायणलाई धार्मिक पर्यटनसंग जोड्नुपर्नेमा जोड दिंदै मेलाको दिन मात्र नभई बर्षैभरी ठूलो संख्यामा धार्मिक पर्यटक चाँगुनारायण भित्राउन सकिने बताउछन् । यसले एकातिर चाँगुनारायणको ख्याती फैलने र अर्कोतिर नगरपालिकालाई सम्बृद्ध बनाउन सहयोग मिल्ने उनको भनाइ छ ।

    चाँगुनारायण नगरपालिकाले झैँ खोटाङको जन्तेढुङ्गा गाउँपालिका,गुल्मीको रेसुंगा नगरपालिकाले पनि हरिबोधनी एकादशीमा सार्वजनिक बिदा दिने गरेका छन् ।

    के हाे हरिबोधनी एकादशी

    हिन्दू धर्ममा एकादशीलाई भगवान् विष्णुको उपासना गर्ने पर्वको रूपमा लिइन्छ । वर्षमा २४ वटा एकादशी पर्दछन् जसमध्ये सबैभन्दा ठूलो एकादशीकाे रुपमा हरिबोधनी एकादशीलाई मानिन्छ । आषाढ शुक्ल एकादशीको दिन क्षीर सागरमा सुतेका भगवान विष्णु कार्तिक शुक्ल एकादशीका दिन उठेकाले याे हरिबोधनी एकादशीका रुपमा चिनिएकाे पुराणहरूमा उल्लेख गरिएको छ ।

    भगवान विष्णु जागा हुने हुनाले यो दिन विष्णुको आराधना गर्न उपत्यकाका चार नारायण चाँगुनारायण, विशङ्खुनारायण, इचङ्गुनारायण र शेषनारायण लगायत बुढानीलकण्ठमा समेत भक्तजनको मेला लाग्दछ । हरिबोधनीमा उपवास बसि सक्नेले करिब १८ कोसको दुरीमा रहेको चार नारायण र नसक्नेले कम्तीमा एक नारायणको दर्शन र पूजाअर्चना गरेमा सम्पूर्ण पाप नाश भई अन्त्यमा मोक्ष मिल्ने धार्मिक विश्वास रहि आएको छ । यस दिन तुलसीको बिबाह गरिदिने प्रचलन समेत छ ।

    तुलसीको बिबाह किन ?

    यस दिन तुलसीको भगवान शालिग्रामसंग विधिपूर्वक विवाह पनि गरिन्छ । पौराणिक कथानुसार वृन्दा नाम गरेकी पतिव्रता स्त्रीलाई भगवान विष्णुसंग शालिग्राम (ढुंगा) स्वरुपमा विवाह गर्ने वरदान प्राप्त भएको थियो । विवाहका लागि वृन्दाले तुलसीको स्वरुप लिने वरदान अनुसार तुलसी र शालिग्रामको विवाह भएको बताइन्छ ।

    भक्तजनहरुले आआफ्ना घरमा भएका तुलसालाई दुलही झैँ श्रिङ्गार गरी बिबाह गराइदिएको देख्न सकिन्छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...